पाकिस्तानी पूर्वप्रधानमन्त्री गिलानीलाई कोरोना संक्रमण

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफराजा गिलानीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । उनमा शनिबार संक्रमण पुष्टि भएको उनका छोरालाई उदृत गर्दै पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन्।गिलानीलाई संक्रमण हुनुमा प्रधानमन्त्री इमरान खान र नेसनल एकाउन्टेबिलिटी ब्यूरो (एनएबी)को हात रहेको उनका छोरा कसिम गिलानीले ट्वीट गर्दै आरोप लगाएका छन् । ‘इमरान खानको सरकार र एनएबीलाई धन्यवाद’, उनले भनेका छन्, ‘तिमीहरूले मेरो बुवाको जीवनलाई खतरामा राख्यौ । ६७ वर्षीय गिलानीलाई बिहीबार भ्रष्ट्राचार मुद्दाको सुनुवाईका लागि एनएबी कार्यालय लगिएको थियो । त्यस लगत्तै उनलाई कोरोना संक्रमण भएको हो ।गिलानी सन् २००८ को मार्चमा प्रधानमन्त्री बनेका थिए । उनलाई भ्रष्ट्राचारको आरोप लागेपछि २०१२ को अप्रिल अन्तिममा पदबाट हटेका थिए ।विश्वभर ७७ लाख ५८ हजार बराबर संक्रमित हुँदा हालसम्म पाकिस्तानमा १ लाख ३२ हजार ४०५ मा संक्रमण भइसकेको छ । जसमध्ये २ हजार ५५१ ले ज्यान गुमाएका छन् भने ५० हजार ५६ जना निको भएको जोन्स हप्किन्स विश्वविद्यालयले उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation