अमेरिकामा प्रहरीबाट अश्वेत नागरिक मारिने क्रम रोकिएन, फेरि हुन थाल्यो प्रदर्शन

एजेन्सी, असार १ । अमेरिकाको एट्लान्टामा प्रहरीले पक्रन क्रममा चलाएको गोली लागेर अर्का एक अश्वेत अमेरिकी मारिएपछि फेरि प्रदर्शन हुन थालेको छ ।

प्रहरी ज्यादती र रंगभेद अति नै हुन थालेको भन्दै मानिसहरु सडकमा ओर्लिएका हुन् । प्रहरी यातनामा जर्ज फ्लोइड मारिएपछि शुरु भएको आन्दोलन विश्वभर फैलिएका बेला एट्लान्टामा शुक्रबार अर्का अश्वेत व्यक्ति प्रहरीले हानेको गोली लागेर मारिएका थिए ।

२७ वर्षीय रेशर्ड ब्रुक्सलाई प्रक्रने क्रममा प्रहरीले गोली हानेको थियो । घटनापछि एट्लान्टाकी प्रहरी प्रमुखले राजीनामा दिएकी थिइन् । आफ्नै कारमा निदाएका एक अफ्रिकन–अमेरिकन प्रहरीको गोली लागेर मारिएपछि उनले राजीनामा दिएकी थिइन् । घटनापछि प्रदर्शनकारीले एट्लान्टा प्रहरी कार्यालयमा आगजनीसमेत गरेका थिए ।प्रहरीले पक्राउ गर्ने नाममा प्राणघातक हतियार चलाएको भन्दै देशका विभिन्न शहरमा विरोध हुन थालेको हो । जर्जसँगै ब्रुक्सको न्यायका लागि माग गरिएको छ । अफ्रिकन–अमेरिकनमाथि हुँदै आएको विभेद र ज्यादति अन्त्यका लागि अपिल गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation