होटल तथा रेस्टुरेन्टलाइ सुरक्षित रुपमा संचालन गर्ने वातावरण बनाउन माग

ताैलिहवा- कोरोनका भाईरसका कारण ८० दिन बढीको लामो लकडाउनले थला परेको होटल तथा रेस्टुरेन्ट ब्यवसायलाइ सामाजिक दुरी कायम गरी सुरक्षित तरिकाले संचालनको अनुमाति दिनु पर्ने माग गरिएको छ ।
होटल तथा रेस्टुेरेन्ट ब्यवसायी संघ कपिलवस्तले प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउदै खाना खुवाउन सकिने तथा अन्य सेवा दिन नसकिने बनाईएको नियमले होटल तथा रेस्टुरेन्ट ब्यवसायी मारमा परेको बताएका छन । अहिलको नियमले राजमार्ग देखि भित्र पर्ने होटल र रेस्टुरेन्ट ब्यवसायी झन समस्यमा परकोले यो नियममा पुर्न बिचार गरिनु पर्ने माग गरिएको हो । संघका जिल्ला अध्यक्ष गोपाल बहादुर खत्री तथा सचिव शिवराज सापकोटाले प्रजिअ दीर्घ नारायण पौडेललाई ज्ञापन पत्र बुझाउदै सो माग गरेका हुन ।
जिल्लाका अधिकान्स होटल तथा रेस्टुरेन्टहरु भाडामा चलेकोले लकडानउको अवधिको घर भाडा मिन्हा वा अन्य कुनै ब्यवस्था गर्न सरकाले ठोस कदम चाल्नु पर्ने समेत माग गरिएको छ । ब्यवसायीहरुले कर्जा लिएर ब्यवसाय संचालन गरेको र लकडाउनले ब्यवसाय ठप्प भएकाले सो अवधिको मासिक किस्ता ब्याज र कर्जाका बिषमया पनि उचित ब्यवस्था मिलाउनु पर्ने संघका जिल्ला अध्यक्ष खत्रीले बताउनु भयाे ।
लकडानउ अवधिको कर, बिद्यतुको बिल समेत मिन्हा गर्नु पर्ने, लकडाउन खुल्को ६ महिना सम्म किस्ता बन्दीरुमा कर तिर्ने ब्यवस्था मिलाउनु पर्ने उनले माग गर्नु भयाे । नेपाल भित्र रहेको सबै होटल तथा रेस्टुरेन्ट ब्यवसायीहरु अहिले मारमा परकोले आफुहरुको सरकारले संरक्षणले गर्नु पर्ने संघका अध्यष खत्रीले बताउनु भयाे । संघका सचिव सापकोटाले असार १ गते देखि देशभर लकडाउन खुकुलो भए पनि होटल र रेस्टुरेन्ट ब्यवसायलाइ भने अंकुश लगाउदा आफुहरु मारमा परेको बताउनु भयाे । प्रजिअ दीर्घ नारायण पाण्डेले होटल तथा ब्यवसायीहरुको सममस्या बारे संघीय सरकारलाइ जानकारी गराउनु बताउनु भएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation