स्टाफ नर्सलाई कोरोना संक्रमण

२ असार कैलाली । कैलालीको धनगढीस्थित सेती प्रादेशीक अस्पतालमा कार्यरत एक जना स्टार्फ नर्समा कोरोना संक्रमणको पुष्टि भएको छ ।कोरोना संक्रमितहरुको उपचारमा संलग्न २८ वर्षीया स्टाफ नर्समा सोमाबार संक्रमण देखिएको सेती प्रादेशीक अस्पतालले जनाएको छ ।‘केही समय संक्रमितको उपचारमा खटिएपछि १४ दिन क्वारेन्टिनमा बसेपछि उनीमा संक्रमण देखिएको हो,’ अस्पतालका सूचना अधिकारी दीलीप श्रेष्ठले भने, ‘उपचारमा खटिएका सबैको परीक्षण गर्दा उहाँमा संक्रमण देखियो ।’सोमबार उनीसँगै अन्य १० जनाको रिर्पाेट आएको थियो । ती मध्ये अन्य ९ जनामा संक्रमण नदेखिएको उनले जानकारी दिए ।संक्रमित नर्सलाई अहिले कोरोना अस्पतालमा भर्ना गरिएको छ ।यसअघि पनि कञ्चनपुरका २ जना र डडेल्धुराका २ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation