तेस्रो विश्वयुद्ध संकेत, चिन र भारत बीच युद्ध !

काठमाडौं । चिनियाँ र भारतीय सेनाबीच सोमबार राति दोहोरो झडप भएको छ । उक्त झडपमा दुवै मुलुकका सैनिक मारिएका छन् । चीन र भारतको सीमा क्षेत्र लद्दाखमा सोमबार राति भएको दोहोरो झडपमा मारिएको सैनिक संख्याबारे फरक फरक विवरण आइरहेका छन् । दुवै मुलुकका सञ्चार माध्यमहरुले क्षतिको विवरण फरक फरक दिइरहेका छन् । सो झडपमा पाँच जना चिनियाँ सैनिक मारिएका र ११ जना गम्भीर घाइते भएका ग्लोबल टाइम्सकी चिफ रिपोर्टर वाङ वेनवेनले ट्वीट मार्फत जानकारी दिएकी छन् । यद्यपि चिनियाँ सरकारले भने यसको पुष्टि गरेको छैन । यता भारतमा पनि तीन सैनिक मारिएको खबर छ । यस घटनापछि उत्पन्न स्थितिकाबारेमा छलफल गर्न भारतीय रक्षामन्त्री राजनाथ सिंहले सैनिक अधिकृत र विदेशमन्त्री सहितको  बैठक राखेका छन् । सो घटना हुनुमा दुवै देशले एकअर्कालाई दोष दिइरहेका छन् ।चीनले सोमबार राति दुई पटक भारतीय स्रनिक सीमा रेखा पार गरेर चिनियाँ सेनालाई उक्साउँदै आक्रमण उत्रिएपछि दुवै देशका सैनिक मारिएको प्रतिक्रिया दिएको छ ।यस घटनाका विषयमा भारतीय सञ्चार माध्यमहरुले डरलाग्दा हेडलाइन बनाएको, विश्वयुद्धको सुरुवातको जस्ता समाचार दिइरहेको चिनियाँ पक्षको आरोप छ । भारतको पछिल्लो समय छिमेकी मुलुकसँग सीमा विवाद भइरहँदा सोमबार चिनियाँ र भारतीय सैनिकबीच दोहोरो झडप भएको हो । कतिपयले दुई शक्तिशाली मुलुकबीच बढ्दो तनावलाई तेस्रो विश्वयुद्धको संकेतको रुपमा व्याख्या गर्न थालेका छन् । तर, यसबारे चिनियाँ र भारतीय अधिकारीले थप सैनिक कारबाही हुनेबारे कुनै निर्णय भएको जानकारी दिएका छैनन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation