तेस्रो विश्वयुद्ध संकेत ! लद्दाखमा तनाव बढेसंगै चिनियां सेना अत्याधुनिक हतियारसहित तिब्बतमा परिचालन

एजेन्सी– चिनियां जनमुक्ति सेना र भारतिय सेनाबीच लद्दाखमा भिडन्त हुंदा २० भारतिय सैनिकको मृत्यु भएको घटनापछि चीनले तिब्बतमा सैन्य अभ्यास जारी राखेको छ । दुवै देशबीच सीमा क्षेत्रमा तनाव वढिरहेको बेला चीनले तिब्बतको उच्च भूभागमा सैन्य अभ्यास गरिरहेको खुलासा भएको हो ।ग्लोबल टाइम्सले सैन्य अभ्यासमा सहभागी पीएलएका ब्रिगेड कमाण्डर झाङ जिलियांगलाई उधृत गर्दै चिनियां सेनाले उच्च भूभाग र आकाशबाट हुने बहुआयामिक युद्ध अभ्यास गरेको जनाएको छ ।चिनियां सेनाले लामो दुरीको आर्टिलरी, जमिनबाट प्रहार गर्ने मिसाइल, विशेष अप्रेसन फोर्स, आर्मी एभिएशन फोर्स, इलेक्ट्रोनिक काउन्टरमर्स फोर्स, इन्जिनियरिङ तथा एन्टी केमिकल वारफेयर फोर्ससहित ४,७०० मिटर उचाइमा रहेको पहाडमा संयुक्त सैन्य अभ्यास गरेको हो । अभ्यासमा १५ वटा लाइटवेट ट्यांक समेत प्रयोग भएको छ ।उसले उच्च भूभागबाट लडिने लडाइँ र शत्रुको केन्द्रमा प्रहार गर्ने तरिकाको अभ्यास गरेको जनाएको छ । भारतिय संचारमाध्यमहरुले भने चीनले भारतलाई लक्षित गरेर चीनले सैन्य अभ्यास गरिरहेको आरोप लगाएका छन् । सोमबार राती गलवान घाँटीमा भएको भिडन्तमा एक जना कर्नेलसहित २० जना भारतीय सैनिक मारिएका थिए । चीनतर्फ पनि हताहती भएको भारतीय सेनाले जनाए पनि त्यसको आधिकारीक पुष्टि भने भएको छैन् । चिनले भारतसंग तनाव बढेसंगै सैन्य फौंजलाई आफ्नो दक्षिणी सीमानामा तैनाथ गरिसकेको छ । चीनमा पीएलएका अवकासप्राप्त जनरलहरुले समेत आवश्यक परे लडाई लड्न तयार रहेको भन्दै भारतसंग युद्ध गर्नुपर्ने अभिव्यक्ति चीनमा दिइरहेका छन् । चीनमा समेत पछिल्लो समय राष्ट्रवादको मुद्दा पेचिलो भएर आएको छ । अमेरिकासंग चीनको तनाव वढिरहेको बेला पछिल्लो समय भारतसंग सीमा विवाद भएको हो ।गलवान घांटीको घटनापछि चिनियां मिडियाहरुले हाइड्रोजन बमको भिडियो समेत सार्वजनिक गरेका छन् । चीनको सरकारी समाचार पत्र ग्लोबल टाइम्सले १९६७ मा हाइड्रोजन बमको परीक्षणको भिडियो पोष्ट गरेको हो ।उसले चीन निष्ठापूर्वक आत्मरक्षाको परमाणु रणनीतिमा काम गर्छ भन्दै परमाणु हतियारको पहिला प्रयोग नगर्ने नीतिमा कायम रहेको जनाएको छ । चीनसंग ३२० परमाणु हतियार रहेको बताइएको छ ।एशियाका दुई ठुला देश भारत र चीनबीच सीमा क्षेत्रमा लामो समयदेखी विवाद रहेपनि मानवीय क्षती हुने गरी भने यस्तो घटना ४५ वर्षपछि भएको हो । मंगलवार भएको झड्प पनि लद्दाखस्थित गलवान क्षेत्रमा भएको हो । उक्त क्षेत्रलाई भारत र चीनले मात्र हैन पाकिस्तान समेत दावा गर्दै आएको छ । जसका कारण सधै तनाव भइरहेको हुन्छ ।दुवै देशले उक्त क्षेत्रमा अत्याधुनिक हतियारसहित ठुलो मात्रामा सेना परिचालन गरेका छन् । भारतले पनि चीनसंग सीमा जोडिएको क्षेत्रमा सड्क बनाउने र एयरबेस निर्माण गर्ने कामलाई तिव्रता दिएसंगै चीनले पनि दक्षिण क्षेत्रमा आफ्नो उपस्थितीलाई मजबूत बनाउंदै लगेको छ ।गलवान उपत्यकामा चिनियां फौंजले निर्माण कार्य गरेसंगै भारतीय फौंजले त्यसको विरोध गरेको थियो । दुवै देशका विदेशमन्त्रालयले शान्तिपूर्ण तरिकारले समस्याको समाधन गर्ने बताएपनि एक अर्काका कारण झड्प भएको आरोप भने दुवैले लगाएका छन् ।दुवै देशबीच करिव ३४ सय ५० किलोमिटर लामो सिमाना छ । चीनले १९५० देखी नै ब्रिटिश शासनमा तय गरिएको सीमालाई मान्यता दिन अस्विकार गर्दै आएको छ ।चीनले ३८ हजार वर्ग किलोमिटर क्षेत्रफल चीनले मिचेको आरोप भारतले लगाउंदै आएको छ । दुवै देशबीच १९६२ मा भएको युद्धमा भारत नराम्ररी पराजित भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation