शक्तिको आडमा वडा अध्यक्ष गैरेका छोराद्धारा तमिल फिल्म शैलीमा गुन्डागिरी, के गर्ला प्रशासन ?

तौलिहवा
कपिलवस्तु नगरपालिका वार्ड ३ का वडा अध्यक्ष रुद्ध बहादुर गैरे (प्रकाश) का छोरा धिरज गैरे र उनका एक साथी अनिल धवतले टेम्पोमा घर गईरहेका २ जनालाई साङघातिक आक्रमण गरि घाइते बनाएका छन् ।
बुद्धभूमी नगरपालिका वार्ड ६ साविक महुवा गाविस लक्षमणपुरका एकै घर दुई भाई ३६ बर्षिय राम प्रसाद यादव र ३२ बर्षिय बुधई अहिरलाई कपिलवस्तु नगरपालिका वार्ड १ को आनन्दबाग देखी सिकटवा जाने बाटोमा टेम्पोलाई रोकाएर अाज बिहिबार दिउसाे साङघातिक आक्रमण गरेका हुन् ।
टेम्पोमा जादै गरि निज दुई भाईलाई मोटसाईकलमा आएका गैरे र उनका साथी धवतले टेम्पोलाई ओभरट्याक गरी अगाडी गएर टेम्पो रोकेर मुक्का र छड जस्तै रडले प्रहार गरेको घाईते बुधई अहिरले बताउनु भयो । आफुहरुले तौलिहवा देखी खेत किन्नको टेम्पोमा राखेर घर लैजादै गरेको ३ लाख र रुपैया र माेबाईल समेत धिरज र अनिलले लुटेकाे घाईते अहिरले बताउनु भएको छ ।
घाईते मध्ये ३६ बर्षिय राम प्रसाद यादवको टाउकोमा गम्भिर चोट लागेकोले थप उपचारको लागि भैरहवा रिफर गरिएको तौलिहवा अस्पतालको व्यवस्थापक एंव सूचना अधिकारी रत्नाकर शुक्लले जानकारी दिनु भएको छ । आरोपित मध्ये एक जनालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय तौलिहवा प्रहरी नायव निरिक्षक हरि बस्नेतले जानकारी दिनु भएको छ ।
वडा अध्यक्ष गैरेका छोरा धिरजले पटक पटक यस्ता यस्ता कृयाकलापहरु गर्ने गरेका छन् । यसरी पटक पटक यस्ता हर्कत दोहोराउने तथा आज साङघातिक आक्रमण गरि गम्भीर बनाउनै दुवै जनालाई कडा कानुनी कारवाही गर्नु पर्ने स्थानीयहरु माग गरेका छन् ।
वडा अध्यक्ष गैरे नेपाली कांग्रेसको तर्फबाट कपिलवस्तु नगरपालिका वार्ड ३ को वडा अध्यक्षमा निर्वाचित हुनु भएको थियो । वडा अध्यक्ष गैरेको शक्तिको आडमा छोराको यस्ता प्रकारका गतिबिधी बढेको स्थानियहरुको बुझाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation