फागुनमा कति सम्भव ? काँग्रेसमा महाधिवेशनको बहस

काठमाडौँ । नेपाली काँग्रेसमा कोरोना महामारीले चार महिनादेखि रोकिएको महाधिवेशनको बहस फेरि सुरु भएको छ । काँग्रेसमा ०७७ फागुन ७–१० सम्म १४ औँ महाधिवेशन गर्ने गरी भइरहेको गतिविधिमा कोरोना सन्त्रासले ब्रेक लागेको थियो ।कोरोना महाकारीलाई मध्येनजर गरी गत चैत ९ गतेदेखि लागु हुनेगरी काँग्रेसले क्रियाशील सदस्यता वितरण र नविकरण स्थगन गर्दै सचेतना अभियानमा सकृय हुने पार्टीपंक्तिलाई निर्देशन दिएको थियो ।त्यसपछि पछिल्लो चार महिना कोरोना नियन्त्रणमा सरकारलाई सुझाव र दबाब दिन केन्द्रित भएको काँग्रेस अब पार्टीको महाधिवेशनको विषयमा पनि गतिविधि बढाउने तयारीमा छ ।नागरितकताको विषयमा पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बुधबार शीर्ष नेताहरुबीच भएको छलफलमा वरिष्ठ नेता राचन्द्र पौडलले महाधिवेशनको विषय उठाएका थिए । महाधिवेशनको कार्यतालिका परिमार्जन गरि विस्तारै गतिविधि सुरु गर्नेपर्नेबारे आफूले कुरा उठाएको पौडले जानकारी दिए ।पौडलले भने, ‘अस्ति साभपतिको घरमै गएर (अनौपचारिक) पदाधिकारी बैठकमा महाधिवेशनको कार्यतालिका परिमार्जन गरेर काम अगाडि बढाउने पर्ने भन्ने कुरा राखिसकेको छु । सभापतिजीले हुन्छ भन्नु भएको छ । छिट्टै पदाधिकारी बैठक बोलाएर यसबारे केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्ने भन्नुभएको छ ।’आगामी फागुन ७ गतेको लक्ष्यलाई पुरा गर्ने गरी कार्यतालिका ल्याउनुपर्नेमा उनको जोड छ । ‘जसरी हामीले अरु व्यवहार चलाउछौँ । त्यसै गरी  अधिवेशनको व्यवहार पनि चलाउनु नै पर्छ । आगामी फागुन ७ गतेको लक्ष्यलाई पुरा गर्ने गरी कार्यतालिका ल्याइन्छ । यसका लागि पदाधिकारी र केन्द्रीय समितिमा छलफल गरेर निष्कर्ष निकाल्छौँ,’ पौडेलले भने ।०७२ फागुन २०–२३ सम्म राजधानीमा भएको १३ औँ महाधिवेशनबाट चार वर्षका लागि सभापति निर्वाचित भएका देउवाले ०७७ फागुन ७–१० सम्म १४ औँ महाधिवेशन गर्ने गरी एक वर्षको कार्यकाल बढाएर कार्यतालिका ल्याएका थिए ।पार्टी विधानअनुसार अघि बढेको भए गत फागुन २० सम्ममा १४ औँ महाधिवेशन सम्पन्न भइ नयाँ नेतृत्व चयन भएको ५ महिना भइसक्थ्यो ।पार्टी विधानले असाधारण स्थिति उत्पन्न भए मात्रै एक वर्ष कार्यकाल बढाउन सकिने व्यवस्थामा टेकेर देउवाले सांगठनिक संरचनाको समायोजन र पुनर्गठन गर्न नसकेको स्थितिलाई असाधारण मानेर कार्यकाल लम्ब्याएका थिए ।पौडल पक्षले महाधिवेशनको ताकेता गर्दागर्दै पनि कोरोनाका कारण त्यो लम्ब्याइएको समयमा पनि महाधिवेशन नहुने सम्भावना बढ्दै गएको छ ।काँग्रेस संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ तोकिएकै  मितिमा महाधिवेश सम्पन्न गर्न प्रयास गरिने बताउँछन् । ‘अहिलेसम्म निर्धारित समयमा महाधिवेशन गर्ने लक्ष्य छ । लकडाउन खुकुलो हुँदै गएको छ । त्यही अनुसार साथी भाइले जिल्ला–जिल्ला र गाउँ–गाउँमा काम पनि अगाडि बढाउनुहुन्छ,’ उनले भने, ‘अहिलेसम्मको हिसाबले निर्धारित समयमा महाधिवेशन गर्छौ भनेको छाँै । कोरोनाको अवस्था के हुन्छ बाँकी कुरा त्यसले निर्धारण गर्छ ।’महाधिवेशनको कार्यतालिका अनुसार वर्कआउटमा सक्रिय केन्द्रीय सदस्य रमेश लेखकले महाधिवेशनका गतिविधि कसरी अगाडि बढाउने भन्नेबारे छलफल भइहेको बताए । उनले भने, ‘नेताहरुबीच महाधिवेशनको कुरा चलेको मैले बुझेको छु  । पार्टीका नेताहरु बसेर फागुनमा महाधिवेशन गर्न के कति सम्भव छ भनेर छलफल चलाउनुपर्यो । क्रियाशील सदस्यता कति दिनमा नविकरण गर्न सक्छाँै, साधारण सदस्यता कतिदिनमा वितरण गर्न सक्छाँै, स्थानीय तहको अधिवेशन कति दिनमा गर्न सक्छौँ, प्रदेशको अधिवेशन कतिदिनमा सक्छाँै र केन्द्रको अधिवेशन कति दिनमा सक्छौँ ।’काँग्रेसको नयाँ पार्टी संरचना अनुसार स्थानीय स्तरमा मात्र ५ वटा अधिवेशन हुन्छन् । त्यसपछि मात्र सात वटा प्रदेशको अधिवेशनको प्रक्रिया सुरु हुन्छ । काँग्रेसले गाउँ र नगर वडा अधिवेशन २०७७ साल मंसिर ९ गते, गाउँ र नगरपालिका अधिवेशन मंसिर ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन मङ्सिर १५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मंसिर १७ गते, जिल्ला अधिवेशन मंसिर २५ गते, प्रदेश अधिवेशन पुस १५ गतेका लागि तय गरिसकेको छ ।फागुनमा महाधिवेशन गर्न अब नौ महिना मात्र बाँकी छ ।साभार : रातोपाटी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation