बुहारी मृत भेटिएपछि ससुरा र नन्द प्रहरी नियन्त्रणमा ,थप अनुसन्धान जारि

मकवानपुरमा बुहारी मृत फेला परेपछि प्रहरीले ससुरा र नन्दलाई नियन्त्रणमा लिएको छ।गत मंगलबार बिहान सात बजे हेटौंडा उपमहानगरपालिका-४ सूर्य चोककी २२ वर्षीया सुस्मिता थापा आफ्नै घरमा मृत भेटिएकी थिइन्। घरको भान्सा कोठामा टाउकोमा चोट लागेको अवस्थामा मृत फेला परेकी थिइन्।सोही घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरले मृतकका ससुरा ५८ वर्षीय प्रकाश थापा र २३ वर्षीय नन्द सीता थापालाई बिहीबार नियन्त्रणमा लिएको थियो।’उहाँहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दैछौं,’उनले भने,’अहिले ज्यानसम्बन्धी कसूर मुद्दामा अनुसन्धान भइरहेको छ।’मृतकका श्रीमान पनि सवारी दुर्घटनामा बितिसकेको प्रहरीले जानकारी दिए।’उहाँहरूको विवाह भएको एक वर्ष पनि भइसकेको छैन। विवाह भएको चार पाँच महिना नै मृतकका श्रीमान पनि बितेका थिए,’उनले भने।प्रहरीले थप अनुसन्धान गरिरहेको छ। साभार : सेतोपाटी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation