विश्वभर फैलिएको कोरोना भाइरसको अपडेट

महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर चार लाख ६१ हजार ८१३ जनाको मृत्यु भएको छ ।हालसम्मको तथ्यांक अनुसार विश्वका ८७ लाख ५० हजार ४८३ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, ४६ लाख २० हजार ३५५ जना भने उपचारपछि निको भएका छन् ।अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा एक लाख २१ हजार ४०२ जनाको मृत्यु भएको छ भने २२ लाख ९६ हजार ७९१ जना संक्रमित फेला परेका छन् ।अमेरिकापछि महामारीको चपेटामा परेको दोस्रो देश हो ब्राजिल जहाँ ४९ हजार ९ जनाको मृत्यु भइसकेको छ भने १० लाख ३८ हजार ५६८ जना संक्रमित भेटिएको पुष्टि भएको छ । पहिलोपटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ ।यस्तै, इटलीमा ३४ हजार ५६१, स्पेनमा २८ हजार ३१५, फ्रान्समा २९ हजार ६१७,भारतमा १२ हजार ९ सय ७०, इरानमा ९ हजार ३९२, बेल्जीयममा ९ हजार ६९५, जर्मनीमा ८ हजार ९६०, नेदरल्याण्डमा ६ हजार ८१, टर्कीमा ४ हजार ९०५, स्वीजरल्याण्डमा १ हजार ९५६ जनाको मृत्यु भइसकेको छ ।विश्वका २१३ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ । नेपालमा एक हजार ८ हजार २७४ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने २२ जनाको मृत्यु भइसकेको छ । यस्तै, एक हजार ४०२ जना संक्रमित कोरोनामुक्त भएपछि डिस्चार्ज भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation