विश्वभर कोरोना संक्रमितको संख्या ८९ लाख नाघ्यो, मृतक ४ लाख ६६ हजार माथि

असार ७ एजेन्सी । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण तीव्र मात्रामा हुने क्रम अझै रोकिएको छ ।औषधी र भ्याक्सिन अझै बजारमा आईनसकेका कारण पनि संक्रमितको संख्या विश्वभर नियन्त्रण हुन सकेको छैन ।पछिल्लो २४ घण्टामा मात्रै विश्वभर एक लाख ५४ हजार बढी नयाँ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा सबै भन्दा धेरै अमेरीकामा ३२ हजार, ब्राजिलमा ३१ हजार रुसमा ७ हजार ८ सय र भारतमा मात्रै १५ हजार ९ सय १५ संक्रमित थपिएका छन् ।युरोपेली देशको तुलनामा अमेरीका, ल्याटीन अमेरीका र दक्षिण एशियामा कोरोनाले तीव्र गति लिईरहेको छ ।भारईरसका कारण हाल सम्म ४ लाख ६६ हजार २ सय बढी मानिसहरुको मृत्यु भईसकेको छ भने ८९ लाख ६ हजार बढी संक्रमित भएका छन् । ४७ लाख ३२ हजार मानिस निको भएर घर फर्किएका छन् ।हाल सम्म विश्वमा सबै भन्दा धेरै संक्रमण र मृत्यु भएको अमेरीका हो । जहाँ २३ लाख २९ हजार बढी संक्रमित छन् भने एक लाख २१ हजार बढीको मृत्यु भएको छ ।यसै गरी ब्राजिलमा मृतकको संख्या ५० हजार पुगेको भने संक्रमित १० लाख ७० हजार १ सय ६९ पुगेको छ ।यसै गरी रुसमा ५ लाख ७६ हजार ९ सय ५२ संक्रमित छन् भने ८ हजार २ जनाको मृत्यु भएको छ ।भारतमा ४ लाख ११ हजार ७ सय २७ जना संक्रमित छन् भने १३ हजार २ सय ७७ जनाको मृत्यु भएको छ ।बेलायतमा ४२ हजार ५ सय ८९ जनाको मृत्यु भएको छ भने ३ लाख ३ हजार बढी संक्रमित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation