कालापानी, लिम्पियाधुरा र लिपुलेक : सूर्य ग्रहण हेर्ने खास क्षेत्र

काठमाडौं । पूरा सूर्य ढाक्ने अत्यन्तै दूर्लभमध्येको बलय सूर्य ग्रहण ५५ वर्षपछि आज लाग्दैछ। विश्‍वका केही भागबाट आजको सूर्य ग्रहण पूरा ढाके पनि नेपालमा भने आधा ढाक्ने खण्डग्रास मात्र देखिने नेपाल एष्‍ट्रोनोमिकल सोसाइटीले जनाएको छ।सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार नेपालका सीमित भूभागबाट भने ९८ प्रतिशत सूर्य ढाकेको देखिनेछ। भट्टराईलाई उद्धृत गर्दै राससले जनाएअनुसार देशको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रबाट सबभन्दा बढी सूर्य ढाकिएको अवस्थामा देखिनेछ।यसअघि २३ नोभेम्बर १९६५ मा हालको प्रदेश एकबाट बलय सूर्य ग्रहण देखिएको थियो। अब अर्को बलय सूर्य ग्रहण १७ फेब्रुअरी २०६४ मा प्रदेश एकबाटै देखिने सोसाइटीले जानकारी गराएको छ।नेपालको कालापानी क्षेत्रबाहेक आज कंगो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत आदि ठाउँबाट बलय सूर्यग्रहण देख्‍न सकिन्छ।काठमाडौंबाट मध्याह्न १२:०४ बजे सूर्यलाई करिब ८८ प्रतिशत ढाकेको देखिनेछ। यसैकारण ग्रहणका समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुनेछ । दुईपटक बिहान भएजस्तो महशुस हुनेछ।

ग्रहण लागेको बेला के गर्ने के नगर्ने ?

ग्रहण लागेको बेला खाना नखाने 

शुरुमै भनौं यो अन्धविश्‍वास होइन । यसलाई मानिसले पालना गर्नुको पछाडि धार्मिक र वैज्ञानिक दुवै कारण छन् । सूर्य ग्रहणको बेलामा शरीरलाई हानी गर्ने रेडियसन्सहरू पृथ्वीसम्म आइपुग्छन्, जुन शरीरका लागि स्वस्थकर मानिँदैनन् । यस्ता हानिकारक विकिरणले खानालाई दुषित बनाउन सक्छन् । र, व्याक्टेरिया मौलाउन सक्छन् । त्यसैले यस्तो बेलामा खाना खाँदा पेट गडबड हुने र विभिन्‍न किसीमका रोग लाग्‍ने सम्भावना रहन्छ । 

खानै परे तुलसीको पत्ताको प्रयोग गर्ने 

केही अनुसन्धानकर्ताहरूले यस्तो बेलामा खाना खाँदा वा पकाएको खाना खाँदा अपच हुने बलियो कारण पेश गरेका छन् । यस्तो बेलामा खाना पकाएको छ र , खानै परे तुलसी पत्ता राखेर खाऔं । र, पकाएको खानामा तुलसी पत्ता राखेर छोडौं । तुलसी पत्तामा एण्टी व्याक्टेरियल तत्व हुने भएकोले यसले व्याक्टेरियाहरू मौलाउन दिँदैन । 

गर्भवतीले यसो गर्नुस्

ग्रहण लागेको बेलामा गर्भवतीले विशेष ध्यान दिनु जरुरी छ । यस्तो बेलामा गर्भवतीलाई घरबाहिर ननिस्कन सल्लाह दिइन्छ । सूर्यका विकिरणले गर्भमा रहेको बच्चालाई हानी पुर्‍याउन सक्ने बताइन्छ । त्यति मात्र होइन, यस्तो बेलामा हर्मोनहरू असन्तुलित हुने, मुड परिर्वतन हुने हुनसक्छ । र, गर्भमा रहेको बच्चालाई विकृत पनि बनाउन सक्छ । 

धार्मिक मान्यताअनुसार के गर्ने के नगर्ने ? 
ग्रहण शरु हुनुभन्दा १२ घण्टा अघिदेखि नै बालक, वृद्ध, बिरामी र अन्य अशक्तबाहेकले ग्रहण नसकिएसम्म केही नखाई ब्रत बस्‍ने । 
ग्रहणको समयमा स्‍नान गर्ने, दान गर्ने, श्राद्ध गर्ने, ध्यान र साधना गर्ने । यो समयमा दीक्षा मन्त्र लिए शुभ हुने । 
नखाने, नसुत्‍ने, दिशा पिशाब नगर्ने र यौन सम्पर्क नगर्ने । 

कुन राशिलाई कस्तो?

पञ्‍चांगकारहरूका अनुसार सूर्यग्रहणको फल राशि अनुसार यस्तो  फरक छ। 
मेष – श्रीप्राप्ति, 
वृष – क्षति, 
मिथुन – घात, 
कर्कट – व्यय,
सिंह – लाभ, 
कन्या – सुख, 
तुला – माननाश, 
वृश्‍चिक – कष्‍ट, 
धनु – स्त्रीपीडा, 
मकर – सुख, 
कुम्भ – चिन्ता 
मीन – व्यथा 

नहेर्नुस् है  ज्योति गुम्ला
वैज्ञानिकका अनुसार सुरक्षित तरीकाले ग्रहण हेर्दा कसैलाई पनि कुनै समस्या हुँदैन। सबै मानिसले सुरक्षित विधि अपनाएर ग्रहण हेर्न सकिने नेपाल एष्‍ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताएका छन्।

चन्द्रग्रहण हेर्दा आँखामा कुनै असर गर्दैन। तर, सूर्यग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्छ। आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायी रूपमै नष्‍ट हुन गई मानिस सदाको लागि अन्धोसमेत हुन सक्ने भएकाले सुरक्षित विधि नअपनाई सूर्य ग्रहण नहेर्न विज्ञहरू सुझाउँछन्।सूर्य ग्रहण नांगो आँखाले कहिले पनि हेर्नु हुँदैन। ग्रहण हेर्न बनाइएको विशेष चस्माको प्रयोग गरे केही नोक्सानी हुँदैन। तर सर्वसाधारणका लागि यस्ता चस्मा सर्वसुलभ नहुने भएकाले सूर्य विम्बको प्रतिविम्ब बनाई छाया हेर्नु सबभन्दा सुरक्षित उपाय हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation