नयाँ दिल्ली : एकै दिन १५ हजारभन्दा बढी कोरोना संक्रमित भेटिएपछि भारतमा संक्रमितको संख्याले ४ लाखको सीमा पार गरेको छ ।शनिवार भारतमा १५ हजार २ सय ३ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो। यससँगै भारतमा संक्रमितको संख्या ४ लाख १० हजार ९ सय २३ पुगेको छ। भारतमा संक्रमितको संख्या १ लाख पुग्न १ सय ९ दिन लागेको थियो भने पछिल्ला एक लाख संक्रमित थपिन जम्मा ८ दिन लागेको छ।साथै ३ सय ७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ एकै दिन। यससँगै भारतमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १३ हजार पार भएको छ। पछिल्लो तथ्याङ्कअनुसार कोरोनाबाट भारतमा १३ हजार १ सय ८३ जनाको मृत्यु भएको छ।भारतमा पछिल्लो ८ दिनमा एक चौथाई संक्रमित थपिएका हुन्। पछिल्ला ८ दिनमा मृत्यु हुनेको संख्या कूल मृत्यु हुनेको ३२.६ प्रतिशत हो।दिल्लीमा ३६ सय ३० नयाँ संक्रमित थपिएका छन् भने महाराष्ट्रमा ३८ सय ७४। दिल्लीमा एकै दिन ७७ जनाको मृत्यु भएको छ।