दश महिनामा २८ करोडको बेसार आयात

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा दिएको ‘बेसार सेवन गर्दा रोग प्रतिरोधक क्षमता बढ्छ र कोरोनाको संक्रमणबाट बचिन्छ’ भन्ने अभिव्यक्तिको मुलुकमा चर्चा भइरहँदा बेसार उत्पादनमा समेत मुलुक आत्मनिर्भर बन्न नसकेको तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको १० महिनामा नेपालले २७ करोड ९५ लाख ११ हजार रुपैयाँ बराबरको बेसार तथा यसका कच्चा पदार्थ आयात गरेको छ ।स्थानीय उत्पादनले बजारमा माग धान्न नसकेपछि २८ करोड रुपैयाँ बराबरको बेसारजन्य वस्तु आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । भन्सार विभागका अनुसार साउनदेखि वैशाखसम्म ९८ लाख १० हजार बराबरको २ लाख २५ किलो ताजा बेसार आयात भएको हो । यस्तै, तीन करोड ७१ लाख ९८ हजार रुपैयाँ बराबरको दुई लाख २५ हजार ७ यस ४१ किलो धूलो बेसार र २३ करोड २५ लाख ३ हजार रुपैयाँ बराबरको एक अर्ब ८४ करोड ९० लाख ८७ हजार किलो बेसार तथा बेसारजन्य पदार्थ आयात भएको विभागको तथ्यांक छ ।व्यापार तथा निकासी प्रर्वधन केन्द्रको तथ्याकंअनुसार पछिल्लो आर्थिक वर्षसम्म नेपालमा ६ करोड ४७ लाख रुपैयाँभन्दा बढी मूल्यको काँचो बेसार नेपाल भित्रिएको थियो । कोरोनाभाइरस संक्रमण बढेसँगै बेसार प्रयोग बढेको छ र भारतबाट युरोप र पश्चिम एसियामा बेसार निर्यातमा बढी हुने गरेको छ । श्वासप्रश्वास प्रणाली स्वस्थ राख्नका लागि बेसारको धुलो तातो दूधमा मिसाएर सेवन गर्ने संख्या बढेको जनाइएको छ । सामान्य अवस्थाको तुलनामा ति स्थानमा भारतबाट निर्यात हुने तरकारी तथा मसलाको माग १५ प्रतिशतले बढ्दा बेसारको कच्चा पदार्थको मात्रै माग तीन सय प्रतिशतले बढेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
मुुलुकमो दुई नामको बेसार खेती गरिन्छ । नेपालको हावापानीअनुसार औषत एक रोपनीमा दुईदेखि साढे दुई टन काँचो बेसार उत्पादन गर्न सकिने अध्ययनमा देखिएको छ । नेपालमा बेसारमात्रै कति उत्पादन हुन्छ भन्ने यकिन अध्ययन नभए पनि बेसार लगायतको मसला बालीको उत्पादन आव ७५-७६ को तुलनामा ९.५ प्रतिशतले वृद्धि भएर ५ लाख ५० हजार २८१ मेट्रिक टन पुगेको कृषि तथा पशुपन्छी विकास मन्त्रालले जनाएको छ । मुलुकमा अलैँची, अदुवा, बेसार र खुर्सानी लगायतको मसलाबालीको खेती ७० हजार ३ सय ७१ हेक्टरमा हुने मन्त्रालयको तथ्यांक छ । मसला बालीको प्रतिहेक्टर उत्पादन ७.८ टन रहने अनुमान छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation