नेपाल विश्व कोरोना संक्रमितको सूचीमा ६६ औं स्थानमा, ९५ प्रशित संंक्रमित विदेशबाट आएका !

९८ प्रतिशतमा लक्षण छैन, १९.६३ प्रतिशत डिस्चार्ज, ०.२६ प्रतिशत मृत्यु

नेपालमा शुरुमा कोरोना खासै नदेखिने अनुमान गरिएको थियो । माघमा पहिलो पटक चीनमा आएका एक युवामा संक्रमण पुष्टी भएको थियो । त्यस पछि क्रमश विदेशबाट आएकाहरुमा देखा पर्दै अन्ततः चैत्र पछि निरन्तर बढ्न शुरु गरेर आज सम्म आउदा संक्रमित ९ हजार २६ पुगेको छ । यो सगैँ नेपाल विश्वभर कोरोना संक्रमित शीश्र देशको सूचीबाट क्रमशः ६६ औं स्थानमा उक्लिएको छ । हाम्रो भन्दा धेरै अघि र निकै संक्रमण देखिएका मलेशिया, नर्वे लगायतका मुलुकहरुलाई नेपालले पछि पारेको छ ।चैत्र ११ देखि लकडाउन र सीमा नाका कडाई गरिए पनि पछि नाका खुकुलो पार्ने र विदेशबाट नागरिक ल्याउन ढिलाई गरिदाको परिणाम पनि विदेशबाट आएका खास गरी श्रमका लागि भारत गएर आएका नेपालीहरु संक्रमितको ९५ प्रतिशत भन्दा बढीरहेको ईमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे बताउछन् । नेपालमा विदेशबाट आएर संक्रमित हुनेहरुको उमेर समुह १५ देखि ५४ बर्ष सम्मको देखिएकाले धेरै जसो श्रमका लागि गएर फर्किएकाहरु रहेको डा. पाण्डे बताए । अर्र्को नेपालमा अनौठो मानिएको भनेको कोरोना संक्रमित धेरै जसोमा गंभीर लक्षण देखा नपर्नु हो । डा. पाण्डेका अनुसार संक्रमित मध्य ९८ प्रतिशतमा कोरोनाको लक्षण देखिदैन । संक्रमित मध्य मृत्यु भएका २३ जना पनि सबै कोरोनाका कारण मात्रै भन्दा पनि मृगौला, दम जस्ता रोगहरुका कारण मृत्यु भएको डा. पाण्डेको तर्क छ । कुल संक्रमित मध्य करीब ८ प्रतिशत महिला र ९२ प्रतिशत पुरुष रहेका छन् । डा. पाण्डेका अनुसार नेपालमा विदेशबाट नागरिक आउने क्रम जारी रहेको र क्वारेन्टाईनको परीक्षण पनि बाँकी रहेकाले अझ केही समय संक्रमितको संख्या अझै बढ्ने बताए । उनले समुदाय स्तरमा संक्रमण अझै सम्म पनि फैलिनसकेकाले क्वारेन्टीनको परीक्षण सकिए पछि भने संक्रमित घट्ने अनुमान गरेका छन् । हाल नेपालमा सात वटै प्रदेश भित्र रहेका २४ वटा प्रयोगशालामा दैनिक ७ हजार भन्दा बढीको पिसिआर परीक्षण हुदै आएको छ ।जे भए पनि नेपालमा कोरोेना संक्रमणको जोखिम अझै बढ्ने देखिन्छ । शुरुमा संक्रमित कम हुदाँ कडा लकडाउन गरिए पनि संक्रमित थपिएसगै लकडाउन पनि खुकुलो भएको र यो समुदाय स्तरमा पुगे नेपालमा क्षति थप बढ्न सक्ने विज्ञहरुको चेतावनी छ । नेपालमा हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या १७ ७२ पुगेको छ । यो भनेको भारत, रुस , अमेरीका, पाकिस्तान लगायतका मुलुकको तुलनामा कमी हो । नेपालमा डिस्चार्ज हुनेको दर १९.६३ प्रतिशत मात्र देखिन्छ । मृत्यु भने नेपालमा कम नै देखिन्छ । कुल मृत्यु दर नेपालमा संक्रमितको शुन्य दशमलव २६ प्रतिशत देखिन्छ ।सरकारको मात्र मुख नताकी हरेक नागरिकले आफ्नो सुरक्षामा आफै ध्यान दिन सके, क्वारेन्टाईन र आईसोलेसन एवं उपचार पद्धति थप व्यवस्थित गर्न सके संक्रमित घटाउन र मृत्युदर कम गर्न सकिने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation