काेराेना अपडेट :- भदौसम्ममा कोरोना संक्रमितको संख्या ४० हजार पुग्‍नसक्ने

काठमाडौं – सरकारले भदौसम्ममा कोरोना संक्रमितको संख्या ४० हजार पुग्‍नसक्ने अनुमान गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालको संक्रमणको दर हेर्दा भदौसम्ममा नेपालमा संक्रमितको संख्या बढ्ने अनुमान गरेको हो।संक्रमित बढेसँगै त्यसअनुसार तयारी गर्नुपर्ने विज्ञहरूले सुझाव दिएपछि मन्त्रालयले तयारी अगाडि बढाएको छ। हालसम्म भाइरसको प्रकृति हेर्दा संक्रमण भएकामध्ये २० प्रतिशतलाई मात्र अस्पताल भर्ना गरेर राख्‍नुपर्ने र भर्ना भएका बिरामीमध्ये पनि ५ प्रतिशत आइसियुमा राख्नुपर्ने अवस्था आउने मन्त्रालयको आँकलन छ। आइसियुमा भर्ना भएकामध्ये २ प्रतिशतलाई भेन्टिलेटरमा राख्‍नुपर्ने हुँदा त्यहीअनुसार २ हजार बिरामीलाई आइसियु र भेन्टिलेटरमा राखेर उपचार दिने क्षमता रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो समय देशभर करिब ४०० भन्दा बढीको संख्यामा संक्रमितहरू थपिने गरेका छन्।गम्भीर संक्रमित २ हजारलाई मात्र पुग्‍ने स्रोत मन्त्रालयका नीति तथा योजना महाशाखाका प्रमुख डा. गुणराज लोहनीले २ हजार गम्भीर संक्रमितलाई उपचारका लागि स्रोत–साधन भएको बताए। चैत ११ सम्म देशभर ७ सय ७० भेन्टिलेटर र १ हजार ५ सय ५१ आइसियु बेड रहेको उनले बताए। पछिल्लो संक्रमणको दरलाई आधार बनाएर हेर्दा भदौ सम्ममा ४० हजार संक्रमित पुग्ने प्रक्षेपण छ। सोहीअनुसार मन्त्रालयले तयारी थालेको उनले बताए।

उनले भने, ‘यदि ४० हजार संक्रमित भए २ हजार बिरामीलाई अस्पताल भर्ना गर्नुपर्ने हुन्छ, ‘तीमध्ये २ प्रतिशतलाई भेन्टिलेटर चाहिन सक्छ हामीले सोहीअनुसार तयारी गरेका छौँ।’ देशभर १७ सय दुई आइसियु र ९ सय भेन्टिलेटर डा लोहनीले तीन महिना अगाडि १ हजार ५ सय ५१ आइसियु र ७ सय ७० बेड रहेकोमा अहिले त्यो बढाएर १७ सय २ आइसियु र ९ सय भेन्टिलेटरको संख्या पुर्‍याइएको र आवश्यक परे निजी मेडिकल कलेजहरूसँग पनि सहकार्य गरिने बताए।थप पाँच प्रयोगशाला स्थापना हुँदै मन्त्रालयका सचिव लक्ष्मण अर्यालले परीक्षणको दायरा बढाउन थप पाँच ठाउँमा पिसिआर मेशिन जडान गरी प्रयोगशाला स्थापना गर्न थालिएको बताए। उनका अनुसार नेपाली सेनाको अस्पताल, नेपाल प्रहरीको अस्पताल, सशस्त्र प्रहरीको अस्पतालका साथै दैलेख र डडेल्धुरामा प्रयोगशाला थपिनेछ।‘अहिले रहेका प्रयोगशालाको स्तरवृद्धि र नयाँ थप पाँच प्रयोगशाला स्थापना गरी परीक्षणको दायरा बढाउने तयारी गरेका छौँ। स्थानीय तहपिच्छे पिसिआर मेसिन खरिद गर्न आवश्यक छैन’, सचिव अर्यालले भने। बाँकी पिसिआर किटले २१ दिन मात्रै पुग्‍ने यस्तै, हाल मन्त्रालयसँग २१ दिनलाई पुग्ने मात्रै पिसिआर किट रहेको समेत बताएको छ।स्वास्थ्य सेवा विभागका अनुसार पिसिआर रि–एजेन्ट किट ७२ हजार ५००, पिसिआर रि–एजेन्ट पोर्टेबल १ हजार ८, आरडिटी ६४ हजार ६०९, आरएनए एक्ट्याक्सन पोर्टेबल १७ हजार ९८०, आरएनए एक्ट्याक्सन किट ३८ हजार ४४० र भिटिएम ३० हजार १४६ थान रहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण सिंहले बताए। उनका अनुसार एन ९५ मास्क २ लाख २८ हजार ४६९ थान र सर्जिकल मास्क ३३ लाख ९६ हजार बढी छ।उनले भने, ‘हामीले अहिले जस्तै दैनिक ५ हजार टेष्ट गर्दा आरएनए एक्ट्याक्सन किट १९ दिन, पिसिआर रिएजेन्ट २१ दिन र भिटिएम १५ दिनका लागि पुग्ने मात्रै बाँकी छ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation