माहुरी होमको पहलमा क्वारेन्टाईनमा शुलभ शौचालय जडान

ताैलिहवा- क्वारेन्टाईनहरुलाई व्यवस्थित गराउनको लागि मधेश मानव अधिकार गृह (माहुरी होम) को पहलमा कपिलवस्तु र रुपन्देहीमा चार वटा सुलभ शौचालय जडान भएको छ ।
कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वार्ड ३ को रामघाट नजिक रहेको क्वारेन्टाईनमा १ वटा, रुपन्देहीको मायादेवी गाउँपालिका वार्ड नं. ५ हाजी एनायतुल्ला मा.बी. को क्वारेन्टाईनमा १ वटा, कोटहीमाई गाउँपालिकामा संचालित मर्चवार आर्दश क्याम्पसमा संचालित क्वारेनटाईमा २ वटा सुलभ शौचालय शनिवार जडान गरिएको माहुरी होमका अध्यक्ष रविन्द्रनाथ ठाकुरले जानकारी दिनु भयो ।
यसै गरि क्वारेन्टाईनहरुमा आवश्यक स्वास्थ्य सामाग्रीहरु साबुन, सेनिटाईजर, फिनायल हारपिक लगायतका सामाग्रीहरु समेत हस्तानतरण गरिएको थियो ।
माहुरी होमको पहलमा अाइपीएसएसजे अन्तरगत युनप्सले उक्त सामाग्रीहरु जडान तथा वितरण गरेको थियो । उक्त क्रममा कपिलवस्तु, रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा संचालित क्वारेन्टाईनहरुको अवस्था अनुगमनका साथै जनप्रतिनिधीहरुसन्ग कोभि८ १९ सृजना गरेका समस्या र आगमी योजनाहरुको बारेमा समेत छलफल गरिएको युनप्स प्रतिनिधी गजेन्द्र राईले बताउनु भयो ।
कपिलवस्तु, रुपन्देहीका साथै प्यूठान, रोल्पा, दागं, बाँके लगायतका जिल्लामा अनुगमन गरि सुलभ शौचालय जडान गरिने माहुरी होमका कार्यकारी निर्देशक लक्ष्मी श्रेष्ठले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation