शिक्षाको विकास र कोरोनामा शिक्षा

दिर्घ प्रसाद भट्टराई

शिक्षा एक विधा र विध्या हो जसले व्यक्तिका अन्तर्निहित सिप क्षमता, प्रतिभा, शक्ति, आदिलाई प्रस्फुटन गरि ज्ञानको निमार्ण र विकास गर्ने प्रकिया र उत्पादन अथवा दुवै हो l अर्को शब्दमा भन्दा हरेक बालबालिकामा लुकेर रहेका संवेगात्मक, मानसिक, प्राकृतिक, आद्यात्मिक चिन्तन र क्षमतालाई स्व- स्फुर्त रुपमा बाहिर ल्याई प्रगति  सकारात्मकता, सान्दर्भिकताको बाटोमा डोर्याउनु रहेको  छ l यो जन्मदेखि मृत्यु सम्म निरन्तर रुपमा चलिरहेने जिवन प्रयन्त, आखाको नयन र उज्यालोको किरण हो l  शिक्षा  जान्नका लागि सिक्ने, गर्नका लागी सिक्ने, हुनुका लागि सिक्ने र संगै बाच्नका लागि सिक्ने गतिशील ब्यापक साधन र माध्यम पनि रहेको छ l  यसैगरी रुसोले भनेका छन, “शिक्षा अरु केहि होईन, बानिहरुको निर्माण मात्र हो (Education is Nothing but something of formation of life).      

 मानव सभ्यताको विकास अगाडि होस् वा केही वर्ष पछाडि होस विश्वमा विभिन्न मानवनिर्मित आतंक भए, दन्द भए, युद्ध भए जसल्रे गर्दा मानव सभ्यता र विकासमा आमुल परिवर्तन भई सामाजिक , आर्थिक, राजनीतिक, सास्कृतिक पक्ष पनि अछुतो हुन सकेको छैन भन्ने सैदान्तिक र ब्याबहारिक इतिहास विभिन्न  किम्बदन्ती अक्षरमा सुन्न र पढ्न पाईन्छ l  जब पहिलो मानव सभ्यताको विकास भयो त्यसलाई अस्तित्वमा ल्याउन र समयसान्दर्भिक मा उच्चारण गर्न पनि विभिन्न आन्दोलन, विश्वयुद्ध, स्वतन्त्र संग्राम आदि इत्यादि को बाहुल्यता पक्कै पनि इतिहासमा भएकोले अहिले विभिन्न शास्त्र, सभ्यता, हित, जगतको, अनुकुल विकास र विस्तार भएको पक्कै होला l  सर्वप्रथम मानव सभ्यताको जननी विश्वको परिकल्पना गर्ने युग भनेर ढुङ्गे युगबाट सुरुवात भएको र त्यसैबाट विकसित अहिलेको पोस्ट मोडानिजम Post- Modernism) युगमा पाइला टेकेको छ l आजको विश्वको सभ्यताको  विकसित प्रतिफलमा असल सभ्यता ,आदत, बानी निर्माण, ब्यबहार आदीको को कोसेढुङ्गा सावित भएको  छ l

 २१ औं शताब्दी अथवा  कलियुगको प्रविधिमैत्री विश्व एउटा परिवार  बगिरहेको छl जब मानिसहरूका आवश्यकता आकांक्षा इच्छा चाहना छन् नै नयाँ आविष्कार र प्रविधीको निर्माण हुन्छ  भने त्यसैले भन्ने गरिन्छ आवश्यकता नै आविष्कारको जननी हो जसले विभिन्न अवस्था र परिस्थितिहरूको अनुसार विकास र निकासा गर्ने गर्दछ l

नेपालमा १७९९ को पृथ्वीनारायण  शाहको एकिकरण होस, १९०३ – २००७ साल सम्मको एकतन्त्रीय राणाशासन होस् l २००७ देखि २०४६ सालसम्मका प्रजातान्त्रिक बिकासबादी समाज देश र राष्टका हितका आन्दोलनहरु  र पंचायत  प्रणाली हुन , २०४६ सालको पहिलो जन – आन्दोलन होस अथवा २०६२/०६३ को १९ दिने राजाविरोधी आन्दोलन होस l  नेपालको शिक्षा प्रणालीमा पनि तानीतानी केहि स्वरुपमा परिवर्तन हुदै गरेको थियो र छ पनि l  २००७ सालमा करिब २% साक्षरता भएको हाम्रो देशमा २०५८ सालको जनगणना अनुसार ५४.१% रहेको अबस्थामा अहिलेको अनुसार ६५.९% रहेको छ l  १९१० असोज १० मा  नेपालको पहिलो स्कुलको रुपमा दरबार स्कुलको स्थापना भएको थियो जुन जंगबहादुर राणाले आफ्ना छोराछोरी पढाउनका लागि  खोलेको पहिलो शिक्षालय हो l यसैगरी बि. स. १९७५ भाद्र २७ गते अहिलेको त्रि- चन्द्र कलेज  भारतको कलकत्ता विश्वबिधालय संग सम्बंधन स्थापनामा तत्कालिन राजा त्रिभुवन र प्रधानमन्त्रि चन्द्र शमशेरले स्थापना गरेका थिए भने बि. स. १९८० मा सो कलेज भारतकै पटना विश्वविद्यालयको सम्बन्धमा संचालन भई आई .ए.,  आई. एस्सी, , बि. एस्सी गरि २००४ सम्ममा आफ्नो गति अघाडी बढाई रह्यो र नेपालमा उच्च शिक्षाको आधारशिलाको प्रमुख गन्तब्य तयार बनायो l  १९१० देखि १९९० सम्ममा शिक्षाको गति बढाउदै गर्दा बि. स. १९९० कार्तिक १६ गते तत्कालिन एस. एल. सी. बोर्डको स्थापना भई दरबार हाईस्कुल र पाटन हाईस्कुलबाट क्रमस २७ र ७ (३४) जना बिद्यार्थी सामेल भएका थिए  जम्मा ३४ जना मध्य १ जना छात्रा अनुपस्थित भएपछी ३३ जनाले परिक्षाहलमा उपस्थित जनाएका थिए l ति मध्ये १० जना दितीय, ९ जना तृतीय र १४ जना अनुतिर्ण भएका थिए l  यसो त २००६ सालमा १४ वटा हाईस्कुलका करिब २५९ जना एस. एल. सी. परिक्षाको लागि फारम भएको रेकड भेटाउन सकिन्छ l  अहिलेको बर्तमान सन्दर्भमा नेपाल सरकारले भर्खरै सार्बजनीक गरेको आथिक सर्वेक्षण २०७६/०७७ अनुसार नेपालमा सबै ३५५२० विद्यालयहरु रहेको जनाएको छ l

यसरि दिन प्रतिदिन शिक्षालाई मानव जीवनको एक आधारभूत आवश्यकता र अधिकारलाई २००७ देखि नेपालको संविधान (२०७२) सम्म औल्याएको छ l नेपालको संविधान (२०७२) को भाग ३ को धारा ३१ मा शिक्षा अधिकार सम्बन्धि पाच वटा उपधाराको ब्यबस्था गरिएको छ l जसले प्रत्यक नागरिकलाई आधारभूत शिक्षामा पहुचको हक गरि शिक्षालाई अनिवार्य र नि: शुल्क बनाउने प्राबधान गरेको छ l यो संगै आर्थिक र अपाङ्गरुपमा विपन्न नागरिकलाई नि:शुल्क उच्च शिक्षाको हक जारिपनि गरेको छ l   २०१६ जेठ १३ गते त्रिभुवन विश्वविद्यालयको एन  जारि गरि असार ३०  गतेदेखि कक्षा संचालन गर्न प्रथम कुलपति कान्ति राज्यलक्ष्मी, उपकुलपति सुवर्ण शमशेर र सहकुलपति ईश्वरी राज्यलक्ष्मीको पालामा स्थापना भै आजसम्म ११ वटा विश्वविद्यालय स्थापना भएका छन र यो संगै विभिन्न निजि, सामुदायिक, सस्कृति, धार्मिक, गोन्पा , मदरशा आदि जस्ता शिक्षालयले शिक्षाको अधिकारलाई प्रत्याभूत गरेका छन  lतर विभिन्न कालखण्डमा आउने मानवीय र प्राकृतिक  महामारी र विनासकारी आतंकले शिक्षा क्षेत्र पनि प्रतक्ष्य अस्ताब्यस्त हुने गरेको छ l सन २०१९ को अन्तिम तिर देखा परेको कोरोना भाईरस अथवा कोभिड -१९ ले पनि शिक्षालाई तहसनहस बनआएको छ , सन् २०१९ डिसेम्बर ३१ तारिकका दिन चीनमा देखा परेका यो भाईरसले विश्वका प्राय सबै मुलुकलाई बिकसित बाट अबिकसित र बिकसित बाट अर्थविकसित स्थितिमा पुर्याएको छ, देशको आर्थिक संचालन एकदमै न्युन वा घट्दै गएको छ  नेपालमा पनि जम्मा आर्थिकको आधा हिस्सा ओगट्ने Remittance  अहिले प्राय शुन्य नै रहेको र निकट भविष्यमा सबै प्रवासी दाजुभाई , दिदीबहिनीहरु स्वदेशमा आउने निश्नित हुदा शिक्षामा पनि बाधा पर्ने प्राय सबैलाई निश्चित गरेको छ l

कोरोनामा शिक्षा 

नेपाल सरकारले २०७६ साल फाल्गुन २५ गते सुचना जारि गरि कक्षा १ देखि ९ सम्मको वार्षिक परिक्षा आउदो चैत्र ५ गतेसम्म लगिसक्नु  र ६ गतेबाट एस. ई.ई. संचालन गर्ने कार्ययोजनामा अघि बढिरहेको थियो तर अचानक चैत्र  ५ गते बेलुकागरेको अनिश्चित  स्थगित गर्यो र करिब ५ लाख विद्यार्थी अन्योलमा भए , यो संगै बैशाग र जेठमा संचालन हुन लागेको कक्षा ११ र १२ को परिक्षा पनि राष्टिय परिक्षा बोर्ड ले अनिश्चित गरि स्थगित गर्यो र विभिन्न विश्वबिद्यालयले संचालन गर्न लागेका परिक्षा पनि सोहि बमोजिमा ठप्प भए र भैरहेका छन पनि l  यो बेला सबै बालबालिकाहरु घरमै रहेका छन्,  सबै आफ्ना आफ्ना परिवार संग रमाउदै छन तर कतिपय बालबालिकाहरु मा मानसिक खराबी पनि पक्कै नआएको नहोला भन्न सकिन्न l  बिगत तिन महिनाको अर्थक थकाईपछी कक्षा १० अथवा SEE  विध्यार्थिलाई भने जेठ २८ गतेबाट केहि राहात मिलेको छ जसमा आन्तरिक मूल्यांकनको नीति र प्रणाली अनुरुप उनीहरुको ज्ञान, सिप, र मेहेनतको नतिजा देखाउने  निर्णय मन्त्रिपरिषदको वैठकबाट घोषणा भयो l  जुन कार्य ढिलै भएपनि स्वीकारयोग्य र स्वागतयोग्य कदम रहेको छ l अर्कोतर्फ आन्तरिक मुल्यांकन का मापदण्ड र आधारहरु कुनै पनि बनेका छैनन् र बने पनि विश्वसनियता र बैधतामा आच आउने हुन सक्छन l  अनि यसैमा  जसले टेस्ट परिक्षा दिएकै छैन उनीहरुको लागि के गर्ने? जो ले एस. ई. ई. को लागे मात्र सोचेका थिए A+ त्यो भन्दा अघाडीका जाचमा कुनै उत्सुकता थिएनन, उनीहरुको लागि के गर्ने ? यो एउटा बृहत बहसको बिषयबस्तु बनेको छ 

यो बर्तमान समयको कुनै अबधि नरहेको र भावी दिनहरुमा पनि कुनै सजिलो अबस्था नआउने दृश्य देखेर बैशागको अन्तिम तिरबाट हुन लागेको कक्षा ११ को अन्तिम परिक्षा पनि असार ५ गते बाट एउटा टुंगोमा लागेको छ l  जसलाई SEE

सरह आन्तरिक मुल्यान्कनमा लग्ने ब्यबस्था गरेको छ l तर यो विषय एक चुनौतीपूर्ण र कठिंन भएको छ l  कक्षा ११ लाई स्कुल सरहको परिक्षा मान्ने भने ता पनि ब्यबहारको बहस लामो समयदेखि नआएकोले  स्कुलहरुले आन्तरिक परिक्षा पनि नलागेको र केहि विध्यार्थिहरु अन्तिम परिक्षाको लागी मात्र तयारि गर्ने हुनाले यो एकदमै असंम्भव रहेको छ l सम्बन्धित निकाय र व्यक्तिहरुले समयमा नै यसको निराकरणका उपाय बुझ्न र बुझाउन आवस्यक रहेको छ lअर्को तर्फ असाढ १ गते बाट नेपाल सरकारले जारि गरेको बैकल्पिक प्रणालिबाट विद्याथीको सिकाइ सहजीकरण निर्देशिका  २०७७ ले कोभिड -१९ को संक्रमणको कारण अवरुद्ध रहेको सिकाइ प्रणालिलाई सुचारु गर्न र विद्यालय जाने उमेरका बालबालिकाहरुलाइ विध्यालयमा नियमित  पठनपाठन नभएसम्म आफ्नो परिवेस अनुसार सिक्ने वाताबरण सिर्जना गर्न दुर तथा खुल्ला शिक्षा लगायत बैकल्पिक प्रणालीको माध्यमबाट प्रभावकारी र व्यबस्थित गरि पाच (५) प्रकारका सिकाई समुहगत कार्यक्रम को ब्यबस्था गरेको छ यसले गर्दा त्यी विद्यार्थीमा सिप, ज्ञानमा अन्तर हुने देखिन्छ l  यसले बिध्यार्थिलाई विभिन्न चरणमा छुटयाउने  पक्का नै छ किनभने नेपाल भौगोलिक विकटता र एक गरिब कृषि प्रदान देश हो l  कतिपयका अविभावक साक्षर छैनन् भने कतिपय संग  रेडियोको पनि पहुच नहुन सक्छ l जसले बिध्यार्थिलाई ५ वटा चरणमा विभाजित गर्न सक्छ जस्तै प्रविधिमैत्री बिद्यार्थी, प्रबिधिमा जिज्ञासु बिध्यार्थी , पुरानो रेडियो नै अमुल्ल्य प्रबिधि ठान्ने बिद्यार्थी , पहुच पुग्ने तर आवश्यकअनुसार प्रविधिको सम्बन्ध खासै नहुने  र पहुच नभएका प्रबिधि बिद्यार्थी आदि  हुन सक्नेछन र भावी दुनाहरुम्मा विध्यार्थीहरुको सिकाई र बुझाईमा पनि फरकपना आउने आकलन स्वाभाविक हुन सक्नेछ l अन्तमा यो भयानक परिस्थिति वा स्थितिमा बिग्रेको शिक्षालाई भावी दिनहरुमा vision, mission, goal, objective and productive / progressive target को महत्वपुर्ण भूमिका हुने देखिन्छ l  बजेटको ११.६४ प्रतिशतलाई समाबेशी, समानता, समतामुलक दृष्टिकोणको अत्यावश्यकता हुनु पर्ने र सक्षमतामा आधारित ब्याबसायिक वा  प्राबिधिक क्षेत्रमा सबैको सहभातितालाई सुनिश्चिता गर्नुपर्दछ l

लेखक: दिर्घ प्रसाद भट्टराई अछाम जिल्लाको को साविक शोडशादेवी गाबिस र हालको मेल्लेख गाउपालिका वडा न. ६ मा बसोबास भै उच्च शिक्षाको सिलासिलामा संघिय राजधानी काठमान्डाैमा बस्दै आउनुभएको छ l उहाले अंग्रेजी भाषा र साहित्यमा मास्टर सिध्याएर विभिन्न विद्यालय र क्याम्पसमा अध्यापन गराउनुहुदै आउनु भएको छ l

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation