इलाका प्रहरी कार्यालय बहादुरगंज द्वारा १ लाख बढीको कुखुरा बरामद गरि नष्ट

प्रिन्स मिश्रा , कृष्णनगर – इलाका प्रहरी कार्यालय बहादुरगंजले अवैद्य कुखुरा बरामद गरि नष्ट गरेकाे छ । इप्रका बहादुरगंजबाट खटिएको टोलीले कृष्णनगर देखि बुटवल तर्फ जादै गरेको १ लाख ३० हजार बराबरको अबैध कुखुरा बरामद गरी नष्ट गरेकाे हो ।
कृष्णनगर नगरपालिका वडा नं ८ बहादुरगंज चोकबाट अबैध कुखुरा बरामद गरि इप्रका बहादुरगंजको कंपाउंडमा नष्ट गरिएको इलाका प्रहरी कार्यलय बहादुरगंजका नायब निरीक्षक धर्म राज भंडारीले जानकारी दिनु भएकाे छ । बरामद गरिएको कुखुरा कृष्णनगर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष राम मिलन चौधरी, प्रहरी, पत्रकार , सर्वसाधारण लगाएतको उपस्थितिमा नष्ट गरिएको छ। बरामद कुखुरा १ लाख ३० हजार बराबरको रहेको इलाका प्रहरी कार्यालय बहादुरगंजले जानकारी दिएको छ । आफूहरु अवैध कृयाकलाप रोक्न सधै तत्पर रहेको र आम जनता लगाएत सरोकारवाला संग निरन्तर छलफल गरीरहेको इलाका प्रहरी कार्यालय बहादुरगंजका नायब निरिक्षक धर्म राज भंडारीले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation