प्रभाव र दवावका बीच झुक्दैन : उपरीक्षक अधिकारी

तौलिहवा १० असार । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले जिल्लाको शान्ति सुरक्षाका विषयमा पत्रकारहरुसंग सहकार्य गरि कार्यगर्ने प्रतिवद्धता जनाउनु भएको छ । उहाले पत्रकार बीच भन्नु भयो —म दबङ्ग र सिङ्गम  भूमिकामा प्रकट हुन चाहान्न तर कुनै प्रभाव र दवावका बीच नझुकेरै तपाईहरुका साथ कार्यकाल पुरा गर्छु । उहाले जिल्लामा अपराध नियन्त्रण तथा सुरक्षा व्यवस्थाकालागि आफुले एक ढिक्का भएर कुनै कसुर बाँकी नराख्नेगरि काम गर्ने वताउनु भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा वुधवार जिल्लाका विभिन्न संचारमाध्यममा आवद्ध पत्रकारहरुको भेटघाट तथा परिचयात्मक अन्तरकृया कार्यक्रममा वोल्दै प्रहरी उपरिक्षक अधिकारीले यस्तो वताउनु भएको हो । 

        उहाँले कपिलवस्तुमा प्रहरी प्रमुखको जिम्मेवारी समालेपछि पत्रकारहरु संग पहिलो पटक आयोजना गरेको छलफल तथा अन्तरकृया कार्यक्रममा आफुले जिल्लामा रहदा सम्म शान्ति सुरक्षा, अवैध रुपमा हुने चोरी तस्करी, लागुऔषध ओसार पसारको नियन्त्रण तथा समग्र शान्ति सुरक्षाका लागि कुनैपनि दवाव तथा सोच नराखि निश्वार्थ भावनाले काम गर्ने वताउनु भयो । आफ्नो कामका विषयमा पत्रकारले पनि सहि सूचनालाई आधार वनाई सहयोग गर्नु पर्ने धारणा राख्नु भयो 

        सो अवसरमा जिल्लाका पत्रकारहरुले जिल्लामा सानो सानो कुरामा हुने घटनाले शुरक्षा अवस्थामा चुनौति थपिदै गएको, सिमा क्षेत्रवाट हुने अवैध कारोवार वढेको, नदिजन्य पदार्थको अवैध चोरी वढेको, कुनै पनि आपराधीक घटनामा पनि राजनैतिक दवाव श्रृजना हुने गरेको तथा नागरिकमा प्रहरी प्रतिको विश्वास घट्दै गएको वारेमा वस्तु स्थितीको वारेमा जानकारी गराएका थिए् । पत्रकारका कुराहरु सुनेपछि प्रहरी उपरिक्षक अधिकारीले आफुले नागरिकको न्यायका लागि आफु जिल्ला आएको हुदा आफ्नो कामले नागरिकलाई विश्वास दिलाउने र कुनै पनि प्रकारको दवावमा काम नगरि शान्ति शुरक्षालाई मजवुद वनाउदै सवैको सहकार्य तथा समन्व्यमा काम गर्ने वताउनु भयो । 

        सिमित साधन र श्रोतका बीच पनि प्रहरीले काम गरेको वताउदै देशमै छुट्टै पहिचान बनाएको हुदा आफु मातहतको र सरकारको निर्देशन र जनताको भावना बुझेर उच्च मनोबलका साथ प्रभावकारी रुपमा अघि वढ्दै काम गर्ने वताउनु भयो । कार्यक्रममा प्रहरी नायव उपरिक्षक सुनिल मल्लले जिल्लाको वस्तुस्थितीका वारेमा पत्रकारहरुले राखेका जिज्ञाशाका विषयमा वोल्दै प्रवक्ताको रुपमा काम गर्दा सहि सूचना प्रवाहमा निरन्तर लाग्ने विचार व्यक्त गर्नु भयो ।

        कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष डिलाराम भुसालले बोल्दै महासंघ सकारात्मक र सचेत रहेर सहकार्य गर्न तयार रहेको वताउनु भएको थियो । यस्तै पत्रकार महासंघका पुर्व अध्यक्ष एवं वुद्धआवाज मिडिया ग्रुपका व्यवस्थापक भेषराज पाण्डे, महासंघका उपाध्यक्ष पार्वती पाण्डे, प्रेस युनियनका अध्यक्ष गोपाल भण्डारी, लगाएतका पत्रकारले जिल्लाका जिल्लाको शान्ति सुरक्षाको अवस्था र प्रहरीले गर्नुपर्ने काम लगायतको बिषयमा आ आफ्नो भनाई राख्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation