गरिब र बिपन्न परिबारलाई स्वरोजगार बनाउन बाख्रा हस्तान्तरण

नबिन के.सी अर्घाखाँची

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले गरिब तथा बिपन्न परिबारहरुलाई स्वरोजगार बनाउनको लागी बाख्रा बितरण गरेको छ । मुख्यमन्त्री ग्रामिण बिकाश कार्यक्रम अन्तर्गत बिहिबार मालारानी गाउँपलिका वडा नं १ , २ र ३ का २७ घर धुरीलाई एक कार्यक्रमका बिच बाख्रा हस्तान्तरण गरिएको हो । पालिकाका ९ वटै वडामा रहेका गरिब तथा बिपन्न परिबारलाई बाख्रा बितरण गरिने कार्यक्रम गरिएको मुख्यमन्त्री ग्रामिण बिकाश कार्यक्रमका जिल्ला सहजकर्ता भरत न्यौपानेले बताउनु भयो । ‘कार्यपालिकाको निर्णय गरिब बिपन्न परिबारहरुलाई आर्थिक स्तर उकास्न सहयोग पुगोस भन्ने हेतुले बाख्रा बितरण गरिएको हो । गत बर्ष बितरण गरिएका बाख्राहरुबाट आम्दानी गर्न सुरुवात गरिएको र कार्यक्रम प्रभाबकारी भएको छ । ’ बाख्रा पाउँदा खुसी लागेको मालारानी गाउँपालिका वडा नं ३ का स्थानीय गुणनिधी खनालले बताए । ‘घरमा कमाएर दिने कोहि छैन । अब यिनै बाख्रालाई पालन पोषण गरेर बेचेर आम्दानी गरि घर खर्च चलाउन सजिलो हुछ जस्तो लागेको छ । ’ बितरण कार्यक्रममा मालारानी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष शोभाखर खनाल , कार्यपालिका सदस्य दिपा पोख्रेल , वडा नं २ वडा अध्यक्ष बिष्णु प्रसाद भुसाल बिनोद , मालारानी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष बालकृष्ण आचार्यको रोहभरमा बाख्रा बितरण गरिएको थियो । प्राप्त गरेका बाख्रहरुलाई आम्दानीको स्रोत बनाउनु पर्नेमा नेकपा मालारानी संगठन कमिटीका अध्यक्ष शालिकराम आचार्यले बताउनु भयो । ‘मुख्य मन्त्री ग्रामिण बिकास कार्यक्रमले जनताको जनजिबन संग प्रत्यक्ष सरोकार राख्ने बिषयमा काम गरेको छ । यसता कार्यक्रमले स्वरोजगार बनि गरिब तथा बिपन्न परिबारको आय आर्जन बृद्धि गर्न टेबा पुग्ने छ । ’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation