तौलिहवामा गुहेश्वरी मर्चेण्ट फाइनान्सको शाखा स्थापना

ताैलिहवा, गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले ताैलिहवामा शाखा बिस्तार गरेको छ । फाइनान्सले कपिलवस्तु जिल्लाको सदरमुकाम ताैलिहवामा शाखा बिस्तार गरी आजदेखी सेवा सुरु गरेकाे हाे । प्रदेश नम्बर एकमा ४ वटा शाखा कार्यालय, प्रदेश नम्बर दुईमा ६ वटा शाखा कार्यालय, बागमती प्रदेशमा ७ वटा शाखा कार्यालय रहेकोमा आज ताैलिहवामा एक शाखा स्थापना भए साथै प्रदेश नम्बर ५ मा चार वटा शाखा कार्यालयहरु रहेका छन् । प्रदेश ५ का क्षेत्रीय प्रबन्धक बरुण पौडेल र तौलिहवा शाखाका शाखा प्रबन्धक नविनबहादुर श्रेष्ठको उपस्थितिमा अाजदेखि सेवा प्रारम्भ गरिएको हो ।
कपिलवस्तु-१, तौलिहवामा शाखा कार्यालयको सुरुवात पछि प्रदेश नम्बर ५ मा ४ वटा शाखा कार्यालयहरु सहित जम्मा २१ वटा शाखा कार्यालयहरु संचालनमा आएको फाइनान्सले जनाएकाे छ। बैंकिङ्ग सेवामा ATM सेवा, SMS Banking सेवा, E-Banking सेवा, ECC सेवा, IPS/Connect IPS सेवा, Mobile Banking, Safe Deposit Locker सुविधा, Top Up Facilities, विभिन्न विप्रेशन Remittances सेवा तथा DP सेवा र CASBA सेवा साथै व्यक्तिगत खाताको लागि ३ लाख सम्मको निक्षेप विमा समेत गरिएको ताैलिहवा शाखाकम शाखा प्रबन्धक श्रेष्ठले जानकारी दिनु भएकाे छ ।
उक्त वित्तीय संस्थाको चुक्तापूँजी ८० करोड रहेको छ साथै निक्षेप संकलन रु. ४ अर्ब ८४ करोड तथा कर्जा लगानी रु.३ अर्ब ७१ करोड प्रवाह भएको छ । संस्थाको प्रधान कार्यालय हरिहर भवन, ललितपुरमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation