माहुरी होमद्धारा दोश्रो चरणमा ४२५ परिवारलाई राहात वितरण

तौलिहवा- मधेश मानव अधिकार गृह (माहुरी होम) द्धारा दोश्रो चरणको राहात वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
माहुरी होमले कपिलवस्तु र रुपन्देही जिल्लामा आफ्नो कार्यक्षेत्र रहेको १० वटा पालिका गरि ४२५ जनालाई दोश्रो चरणमा राहात वितरण गरेको हो । डिफआईडीको आर्थिक सहयोग, भिअसो नेपाल र ईन्टरनेश्नल अलर्टको साझेदारीमा संचालित सहज परियोजना अन्तरगत पहिलो चरणमा १९० जनलाई राहात वितरण गरेको थियो । यसै गरि दोश्रो चरणमा ४२५ जनालाई राहात वितरण गरिएको परियोजना संयोजक बिना कुमारी चौधरीले जानकारी दिनु भएको छ ।

संस्था अन्तरगत सहज परियोजनाको कार्यक्षेत्र रहेको रुपन्देहीको कोटहीमाई गाउँपालिकामा ४४, मायादेवी गाउँपालिकामा ३७ मर्चवारी गाउँपालिकामा ४६ र तेश्रो लिङ्गी समुदायका १२ परिवार गरि १ सय ३९ परिवारलाई राहात वितरण गरिएको छ । यसै गरि कपिलवस्तु जिल्लाको बुद्धभूमी नगरपालिकामा २४, महाराजगंज नगरपालिकामा २९ कृष्णनगर नगरपालिकामा ५० गरि यशोधरा गाउँपालिकामा २५, शुधोधन गाउँपालिकमा ५७, कपिलवस्तु नगरपालिकामा ९२ र जिल्लामा रहेका बिभिन्न स्थानका तेश्रो लिङ्गी समुदायका ९ घर परिवार गरि १७४ जनालाई राहात वितरण गरिएको संयोजक चौधरीले जानकारी बताउनु भयो ।

बिशेष गरेर अति विपन्न, एकल महिला, अपाङ्गता भएका परिवारहरुलाई केन्द्रित गरेर राहात वितरण गरिएको माहुरी होमका अध्यक्ष रविन्द्रनाथ ठाकुरले जानकारी दिनु भएको छ । राहातमा प्रति परिवार ३० केजी चामल ३ केजी दाल ४ केजी चिनी २ लिटर तेल ४ वटा साबुन वितरण गरिएको थियो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation