ताैलिहवा- जिल्ला बार इकाई कपिलस्तुको अध्यक्षमा अधिवक्ता हुम बहादुर कुवर निर्वाचित भएका छन । बारको तौलिहवामा भएको निर्वाचनमा कुवरको अध्यक्षतामा ११ सदस्यीय समिति निर्बिरोध निर्वाचित भएको हो । निर्वाचन संयोजक चक्र बहादुर क्षेत्री अनुसार बार ईकाईको निर्वाचनमा ११ सदस्यीय समिति निर्बिरोध चयन भएको छन । यसको आधिकारिक घोषणा भने बुधवार गरिने उनले बताए । समितिको उपाध्यक्षमा ओम प्रकाश अर्याल, सचिवमा प्रभु मिश्रा, कोषाध्यक्षमा जीवनाथ मरासिनी निर्वाचित भएका छन । सदस्यहरुमा राजु कुमार श्रीवास्तव, टुक थापा, राहुल कुमार गुप्ता, शभ्भु सेन, अभिमन्यु कुवर र रामशेष मिश्रा रहेका छन । प्रजातान्त्रिक र प्रगतिशील समुह बिच पदका बिषयमा सहमति बने पछि समिति निर्बिराेध भएको बताईएको छ । जिल्ला बार ईकाईमा ४४ जना सदस्य छन ।