देवदहमा बैंक कर्मचारीमा कोरोना संक्रमण

२० साउन, बुटवल । रुपन्देहीको देवदहमा एक बैंककी महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पीसीआर परीक्षणमा गरिमा विकास बैंकको देवदह खैरेनी शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । बैंककी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उक्त बैँकको शाखा कार्यालय बन्द गरी कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिएको देवदह नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले जानकारी दिए ।कोरोना संक्रमित कर्मचारी पाँच दिनदेखि रुघा र ज्वरो आएपछि बिदामा रहेकी थिइन् । उनी आफैँ सोमबार लुम्बिनी प्रादेशिक अस्पतालमा गएर कोरोना परीक्षण गरेको उक्त बैंककी देवदह शाखा प्रमुख कविता शर्माले बताइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation