लागु औषध सहित एक पक्राउ

ताैलिहवा-लागु औषधसहित एक व्यक्ति पक्राउ परेका छन् । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. १० विर्ता बस्ने २७ बर्षीय विजय पासवान लागु औषधसहित पक्राउ परेका हुन् ।आफ्नो घरबाट जगदीशपुर ताल हुँदै तौलिहवा तर्फ मोटरसाइकलबाट गैरहेका बेला शंका लागि चेकजाँच गर्दा पासवानको साथबाट विहीबार लागु औषध बरामद भएको कपिलवस्तु प्रहरीले जनाएको छ । उनको साथबाट ८ ग्राम २३० लागु औषध बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकलमा २ वटा पहेलो प्लाष्टिक र ४ वटा कालो प्लाष्टिक भित्र लागु औषध जस्तो देखिने खैरो पदार्थ खोल्दा उक्त परिमाणको लागु औषध प्रहरीले बरामद गरेको हो । उनीमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation