आचार्यको अध्यक्षतामा “बैंकर्स क्लव तौलिहवा”को गठन

ताैलिहवा- राष्ट्रिय बाणिज्य बैकं तौहिलवा शाखाका, शाखा प्रबधन्क सरोज आचार्यको अध्यक्षतामा बैंकर्स क्लव तौलिहवाको गठन भएको छ । जिल्लाको सदरमुकाम तौलिहवा स्थित बैंक तथा वित्तीय संस्थाहरुको सामुहिक तथा कर्मचारिहरुको हक, हीतको सम्बर्धनका साथै सामाजिक सहयोगको लागी शाखा प्रबन्धकहरुको साझा मञ्चको रुपमा क्लव गठन गरिएको हो ।
बुधबार गठन भएको क्लवको उपाध्यक्षमा मेगा बैंकका शाखा प्रबन्धक राजेन्द्र प्रसाद शर्मा, सचिवमा गुहेश्वरि मर्चेण्ट बैकिङ एण्ड फाइनान्सको शाखा प्रबन्धक नवीन बहादुर श्रेष्ठ, कोषाध्यक्षमा श्री इन्भेषटमेण्ट एण्ड फाइनान्सको शाखा प्रबन्धक राजीव श्रीवास्तव रहेका छन् ।
यसै गरि मञ्चको सदस्यहरुमा कृषि विकास बैंकका राम बहादुर खत्री, माछापुछ्रे बैंकका देव बहादुर केसी, लक्ष्मी बैंकका अर्पण श्रेष्ठ, कामना सेवा विकास बैंकका अखिलेश कुमार अग्रहरी एभरेष्ट बैंककका प्रकाश ज्ञवाली, तिनाउ मिसन डेभलपमेण्ट बैंकका नवीन भुषाल, ग्लोबल आइ एम इ बैंकका लोक नारायण न्यौपाने, प्रभु बैंकका सुनिल भुषाल र एन आइ सि एसिया बैंकका सुरज गुप्ता कसौधन रहेका छन् ।
बित्तीय संस्था, तिनका कर्मचारीहरुका साथै अावश्यकताकाे अवस्थामा सामाजिक हक हितको कार्यहरु गर्नका लागि तौलिहवामा रहेका वित्तीय संस्थाहरुका शाखा प्रबन्धकहरुको छलफलबाट क्लवको गठन गरिएको क्लवका सचिव नवीन बहादुर श्रेष्ठले जानकारी दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation