यशोधरा गाउँपालिकाको लेखा शाखामा लगाएको ताला खोल्ने प्रयास जारी छ ‘अध्यक्ष पाण्डे’

ताैलिहवा

कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका कपिलवस्तुको लेखा शाखामा फागुन ६ गते देखि ताला लगाउदा काम कारवाहीहरु ठप्प भएका छन् । लेखा अधिकृत निराजनराज लम्सालको काम प्रति चित्त नबुझेको भन्दै वडा अध्यक्षहरुले लेखा शाखामा ताला लगाएका हुन् ।
ताला लगाए पछि गाउँपालिकाका कामहरु प्रभावित हुँदै आएको विषयमा गाउँपालिकामा सो विषयमा कार्यालयमा पत्रकार सम्मेलन गरि ताला खोल्ने प्रयास बारे आफुले प्रयास गरेको गाउँपालिकाका अध्यक्ष गिरिजेश कुमार पाण्डेले बताए । कर्मचारी र वडा अध्यक्षका काम तथा अन्य काममा लेखा अधिकृतले समस्या थपेकाले ताला लगाइएको प्रति विभिन्न समाचार तथा टिका टिप्पणी भएको सन्दर्भमा वास्तविकता बताउन पत्रकार सम्मेलन गरेको अध्यक्ष पाण्डेयले बताए । उनले बिभिन्न संचार माध्यमहरूमा पालिकाको बदनाम गर्ने गरि समाचार प्रकाशन, प्रशारणा भएकोमा अाफुहरूको गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । बिभिन्न संचारमाध्यमहरूमा गाउँपालिका अध्यक्ष लगायतले काम नगरी रकम भुक्तानी गर्न लेखा अधिकृतलाइ दवाव दियो, यो काम र उ काम असफल भयो भनेर आएको प्रति खण्डन गर्दै त्यस्ता काम भएको भए प्रमाणित गर्न समेत उनले चुनाैती दिए । यस्ता भ्रामक समाचारहरू सत्य नभएको भन्दै त्यस्ता विषयहरूमा बुझेर मात्र समाचार सम्प्रेषण गर्न उनले अनुरोध गरे ।  

पत्रकारहरूको जिज्ञासालाइ सम्बोधन गर्दै उनले संचार माध्यहरूमा अाए जस्तो कार्यपालिकाको बैठक बसि निर्ण गरेर पालिकामा ताला नलगाएको उनले बताए । ताला लगाएको बारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्यव समिति र राजनैतिक दलहरूलाइ जानकारी गराइएको बताउदै छलफल र सहकार्य भएको हुँदा छिट्टै निष्कर्षमा पुगिने पाण्डेयले बताए ।
उता वडा नं ६ का अध्यक्ष श्यामनारायण उपाध्यायाले लेखा अधिकृत अर्को नै पठाएर काम गर्न सहजता गरिदिन आग्रह गरे । लेखा अधिकृतसंग जनताका काम सहज तरिकारले नभएको कारण लेखा अधिकृतले मार्ग प्रशस्त्र गरिदिन उनले आग्रह गरे ।
यस बारेमा गाउँपालिकाका लेखा अधिकृत निराजनराज लम्सालले आफु विधि र कानुन अनुसार काम गरेको हुँदा आफुमाथि लगाइएको आरोप झुटो भएको प्रतिक्रिया दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation