स्वास्थ्य पहुँच बढाउन कपिलवस्तु नगरपालिकामा ५ आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना

स्वास्थ्य सेवाको पहुच बढाउन कपिलवस्तु नगरपालिकामा पाँच वटा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको छ । नगरपालिकाको वडा नम्बर १, २, ३,४ र १० मा एक एक वटा सेवा केन्द्र संचालनमा ल्याईएको हो । हरेक वडामा स्वास्थय केन्द्र स्थापना गर्ने सरकारी निति अनुसार ती वडामा केन्द्र स्थापना गरिएको छ । यसै बिच कपिलवस्तु नगरपालिका वडा नम्बर १ को भवानी भिक्षु चोक टोलमा स्थापना गरिएको केन्द्रको नगर प्रमुख किरण सिंहले रिबन काटेर सेवा शुभारम्भ गरे । सो अवसरमा उनले स्वास्थ्य सेवाको पहुच बढाउन केन्द्र स्थापना गरिएको मेयर सिंहले बताए ।
स्वास्थ्य सेवालाई नगरपालिकाले प्राथमिकतामा राखेको र स्वास्थ्य केन्द्रलाई क्रमशः स्त्तोरन्नती गर्दै लगीने उनले बताए । यस अघि नगरपालिकाका बाकी ८ वटा वडामा भने स्वास्थ्य चौकी संचालनमा छन । प्रत्येक स्वास्थ्य केन्द्रलाई संचालन गर्न सरकारले बार्षिक ५ लाख रुपैयका दरले अनुदान दिएको नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ताले बताए । प्रत्येक केन्द्रमा एक जना अहेब, एक जना अनमि र एक जना कार्यालय सहयोगी नियुक्त गरिएका छन ।
केन्द्रमा खोप, पोषण, परिवानियोजन, बिरामी जाच लगाययका सेवा उपलब्ध हुने छन । केन्द्र संचालनकालागि सग संघीय सरकारले उपलब्ध गराएको रकम अपुग भएकाले थप रकमकालागि आग्रह गरिएको संयोजक गुप्ताले बताए । वडा नम्बर १ का वडाध्यक्ष सुदीप पौडेलले आफनो वडामा स्थापना भएको पहिलो सरकारी स्वास्थ्य केन्द्रको स्तर बढाउन कुनै कसर नछोडिने उनले बताए ।
‘अहिले सूरुवात गरेका छौ बिस्तारै केन्द्रको स्त्तर बढाउदै लानेछौ ’ उनले भने ‘ निकट भबिष्यमा डाक्टर सहीतको सेवा प्रारभ्भ गनैमा योजनामा छौ ’ उनले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation