जनताको स्वास्थ्य प्रति गाउँपालिका कटिबद्ध छ: अध्यक्ष थापा

कपिलबस्तु, फागुन २०
जनतालाई वडा स्तरमै स्वास्थ्य सेवा पुर्याउने  लक्ष्यकासाथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्थानमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने निति अनुरुप कपिलवस्तुको विजयनगर गाउँपालिकाले ३ वडामा स्वास्थ्य केन्द्र बिस्तार गरेको छ । मुलुक संघीय संरचनामा गएपछि साबिकका वडा टुक्रिँदा नयाँ बनेका गाउँपालिकाका ७ वटा वडा मध्ये केही वडा स्वास्थ्य संस्थाविहीन थिए ।
ती बाँकी रहेका सबै वडामा मंगलवार एक कार्यक्रमका बिच आधारभूत स्वास्थ्य केन्द्रको स्थापना भएको छ । मंगलवार एकैपटक गाउँपालिकामा आधारभूत स्वास्थ्य केन्द्र नभएका वडा वडा नम्बर १,४, र ६ मा स्वास्थ्य केन्द्र स्थापना भएको छ ।
वडा नम्बर १ र ६ मा भएको स्वास्थ्य केन्द्र स्थापना कार्यक्रमलाई सम्बोदन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले राज्यले अघि सारेको एक वडा, एक स्वास्थ्य संस्थाको नीतिअनुसार यसै वर्षदेखि सबै वडामा सेवा विस्तार गरेको बताउनुभयो । संघीय संरचनाअनुरूप स्वास्थ्य प्रणालीमार्फत नागरिकको स्वास्थ्यसम्बन्धी मौलिक हक र गुणस्तरीय स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच सुनिश्चित गर्न यो नीतिलाई गाउँपालिकाले प्रभावकारी ढंगबाट कार्यान्वयन गर्ने बताउनुभयो ।
अध्यक्ष थापाले जनताको स्वास्थ्यप्रति गाउँपालिका कटिबद्ध रहेको बताउनु भएको छ । आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । गाउँपालिका भित्र कुनै पनि ब्यक्तिहरु आधारभूत स्वास्थ्य सेवा सुविधाबाट वन्चित नहुने थापाले दावी गर्नु भयो ।
यसका लागि चाहिने प्रशस्त बजेट गाउँपालिकाले छुट्याएको समेत बताउनु भयो । यस्तै निकट भविष्यमा एम्बुलेन्स सुविधको साथै गर्भवति महिलाहरुलाई निःशुल्क सुविधा दिने प्रतिबद्धता समेत जाहेर गर्नु भयो ।
संघीय सरकारको अभ्यासपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आधारभूत स्वास्थ्य सेवासम्बन्धी मापदण्ड ०७६ ले सम्पूर्ण जिम्मेवारी स्थानीय तहमा निहित हुने नीतिगत व्यवस्था गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation