सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढ्यो

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेको छ ।
भाउ बढेर सुन आज तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा एक हजार २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९३ हजार १ सय रुपैयाँ थियो । समग्रमा यो हप्ता सुनको भाउ तोलामा ३ हजार एक सय रुपैयाँ घटेको छ ।
हप्ताको पहिलो दिन आइतबार तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार दुई सय रुपैयाँ बढ्यो । तर मंगलबार तोलामा एक हजार ७ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९५ हजार ५ सय रुपैयाँमा झर्यो । त्यही भाउमा बुधबार र बिहीबार तोलामा एक हजार २ सय, एक हजार २ सय रुपैयाँ घटेको सुनको भाउ आज भने फेरि बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा नाफा सुरक्षित गर्नको लागि सुन बिक्रीमा आएपछि भाउ घट्दै गएको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनुभयो । तर आज सुनको भाउ घटे पनि डलर मजबुत हुँदा नेपालमा भाउ बढेको हो । 
यस्तै चाँदी आज तोलामा ४० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको एक हजार १ सय ६० रुपैयाँ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation