बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने बाबुरामको माग

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी दलका नेता डा.बाबुराम भट्टराईले बलात्कारीलाई मृत्युदण्डको सजाय हुनुपर्ने माग गरेका छन्।
पछिल्लो समय देशमा विभिन्न ठाँउमा बलात्कारका जघन्य घटना घटेका छन्।
बझाङमा एक १२ बर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ भने सुनसरीमा पनि बालिकाको बलात्कार घटनामा ज्यान गएको छ।
मुलुकको नेतृत्व सम्हालीसकेका नेता भट्टराइले आइतबार साँझ ट्वीट गर्दै बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने बताएका हुन्।
उनले बलात्कारका घटना हुन नदिन कानूनी सुधारको आवश्यकता रहेको औंल्याएका छन्।
बझाङकी बालिका सम्झाना कामीको बलात्कारपछि हत्या भएको सन्दर्भलाई जोडेर डा. भट्टराईले मृत्युदण्डको विषय उठाएका हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation