कपिलवस्तु २० असोज
बैकर्स क्लव तौलिहवाले शुक्रवार सदरमु्काम तौलिहवा स्थित रेडक्रस परिसरमा रक्तदान कार्यक्रम संपन्न गरेको छ । कार्यक्रममा क्वलमा आबद्ध सदस्य र बाहिरका मानिस गरी ४२ पिन्ट रगत संकलन भएको क्वलका अध्यक्ष सरोज आचार्यले बताए । एक महिना अघि सदरमुकाम तौलिहवामा रहेको बैकिङ संस्थाका कर्मचारीहरुको हकहीत तथा सामाजिक काम गर्न भन्दै क्लब गठन गरिएको थियो । कार्यक्रममा कोरोना संक्रमणमुक्त भएका बैकका कर्मचारीहरुले समेत रक्तदान गरेका थिए । सो अवसरमा नेपाल रेडक्रस सोसईटी कपिलस्तुका सभापति केशव सिंहले बैकर्स क्लवले रक्तदान कार्यक्रम गरेर निकै राम्रो काम गरेको बताए । रक्तदान जस्तो महान काम गरेर क्वलले आफनो सामाजिक कामको सुरुवात गरेकोमा उनले बधाई दिए । सो अवसरमा क्लवका अध्यक्ष आचार्यले बैकले बित्तिय मात्र नभै सामाजिक उत्तरदायित्व अनुसार सामाजिक काममा सहभागी हुने बताए । उनले आफुहरुले अन्य सामाजिक काम समेत क्रमशः गर्दै जाने बताए । रक्तदाताहरुलाई प्रमाण पत्र समेत उपलब्ध गराइएको थियो । कार्यक्रम क्वलका अध्यक्ष आचार्यको अध्यक्षता, रेडक्रसका जिल्ला सभापति सिंहको प्रमुख आतिथ्यता र उपाध्यक्ष राजेन्द्र शर्माको संचालनमा भएको थियो ।