यसोधराको गाैरी स्वास्थ्य चाैकीमा ल्याव सेवाको सुरूवात

फागुन २१, यसोधरा संवाददाता, कपिलवस्तु

कपिलबस्तु जिल्लाको यशोधरा गाँउपालिका २ गौरी स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालनमा आएको छ।

ल्याव प्रयोगशालाको उद्घाटन गर्दै यशोधरा गाउँपालिकाका अध्यक्ष गिरिजेश कुमार पाण्डेयले आम नागरिकको स्वास्थ्य महत्वपूर्ण भएकोले स्वास्थ्य क्षेत्रको विकास र सुधारका लागि गाउँपालिका सधै लागिरहेको बताए।

सोही अवसरमा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय कपिलबस्तुका वरिष्ठ जनस्वास्थ्य अधिकृत योगेन्द्र भगतले ल्याव प्रयोगशाला शुरु भएपछि स्थानीयबासीलाई सदरमुकाम सम्म आएर ल्याब परीक्षण गर्ने समस्या हटेको बताए।

ल्याव प्रयोगशाला स्थापनापछि स्थानीयले रगत, दिशापिसाब, खकार जाँच गर्नुको साथै सुगर परीक्षण, एचआईभी एड्स लगायतका परीक्षण गर्न सहज हुने यशोधरा गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योति प्रकाश दूबेले बताए।

उद्घाटन समरोहमा जिल्ला समन्वय समितिका सदस्य अनुप कुमार पाण्डेय, वडा नं २ का अध्यक्ष अब्दुल रसिद मुसलमान, वडा नं ३ का अध्यक्ष सरिता त्रिपाठी, वडा नं ६ का अध्यक्ष श्याम नारायण उपाध्याय लगायतको सहभागिता थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation