कांग्रेसका तीन केन्द्रीय सदस्यसहित ६ जनामा कोरोना

नेपाली कांग्रेसले असोज १९ गते बस्न गइरहेको केन्द्रीय कार्यसमिति बैठकलाई मध्यनजर गर्दै गराएको कोरोना परीक्षणमा छ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । कांग्रेसले केन्द्रीय कार्यासमिति बैठकलाई मध्यनजर गरेर नेता, नेताका स्वकीय सचिव, सुरक्षाकर्मी र केन्द्रीय कार्यालयका कर्मचारीहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरेको थियो ।
असोज १५ गते नेता, नेताका स्वकीय सचिव, सुरक्षाकर्मी र केन्द्रीय कार्यालयका कर्मचारीहरु गरी दुई सय ४० जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये पोजेटिभ आउनेमा तीन जना केन्द्रीय सदस्य र तीन जना अन्य रहेका छन् ।
आशन्न १४ औं महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिकाका बारेमा छलफल गर्न बोलाइएको केन्द्रीय कार्यसमिति बैठकलाई मध्यनजर गरेर कांगेसले बिहीबार पार्टी कार्यालयमा स्वास्थ्यकर्मीको टोली बोलाएर नेता, नेताका स्वकीय सचिव, सुरक्षाकर्मी र केन्द्रीय कार्यालयका कर्मचारीहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरेको थियो ।
कांग्रेस केन्द्रीय केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले पार्टी कार्यालयलाई कोरोना परीक्षणको आधिकारिक रिपोर्ट प्राप्त नभएको बताएका छन् । तर, कांग्रेस केन्द्रीय पदाधिकारी स्रोतले छ जनाको रिपोर्ट पोजेटिभ आएको पुष्टि गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation