कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ५३ लाख नाघेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ५३ लाख ४७ हजार ४०४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ लाख ३५ हजार ८६० संक्रमित थपिएका छन् ।
कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ३९ हजार ४०६ संक्रमितको मृत्यु भइसकेको छ ।