शुक्रबार सुन तोलमा ९ सय रुपैयाँ बढ्यो

यो साताको अन्तिम दिन शुक्रबार सुन तोलामा ९ सय रुपयैयाँ बढेको छ । 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ९ सय रुपैयाँ बढेपछि शुक्रबार सुन तोलाको ९४ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ। 
बिहीबार तोलामा २ सय रुपैयाँ घटेर सुनको मूल्य तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको थियो । 
यस्तै शुक्रबार चाँदीको मूल्यसमेत बढेको छ ।  चाँदी तोलामा १५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation