ताइवान भगाउन मद्दत गरेको आशंकामा हङकङमा पक्राउ परे तस्करी गिरोहका सदस्य

वान्डेन लिस्टमा रहेका १२ जनालाई ताइवान भागउन मद्दत गरेको आशंकमा हङकङ प्रहरीले तस्करी गिरोहका ९ सदस्यलाई पक्राउ गरेको छ।
अधिकारीहरुका अनुसार स्पिड बोटको मद्दतमा तस्करी गिरोहका सदस्यहरुले ती १२ जनालाई हङकङबाट भाग्न मद्दत गरेका थिए।
गत अगष्ट २३ मा चिनियाँ तटरक्षकले ताइवान भागिरहेका उनीहरुलाई पक्राउ गरेको थियो।
ताइवान भागिरहेकामध्ये २९ वर्षका एन्डी लि त्यसबेला पक्राउ परेका थिए। हङकङको सुरक्षा कानुन उल्लंघन गरेकाले एन्डी लि प्रहरीको खोजी सूचिमा थिए।
पछिल्लो समय हङकङबाट ताइवान भाग्नेहरुको संख्यामा भारी मात्रामा वृद्धि भएको छ।
हङकङमा यसवर्ष मुख्यक्षेत्र चीनले राष्ट्रिय सुरक्षा कानन लागू गरिदिएपछि अघिल्लो वर्ष सरकारविरुद्ध आन्दोलन गर्नेहरु ससंकित बनेका छन्।
प्रहरीले आन्दोलनका अभियन्ताहरुलाई खोजीको सूचिमा राख्न थालेपछि त्यहाँका नागरिकहरु ताइवान भाग्न थालेका हुन्। एससीएमपी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation