नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री सुनिल बहादुर थापालाई कोरोना भाइरस संक्रमण पुष्टिभएछि अस्पतालमा भर्ना भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फोनमार्फत नेता थापालाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। यसबाहेक नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले समेत नेता थापाको स्वास्थ्य लाभको कामना गरेका छन्। थापाका छोरा सिद्धार्थका अनुसार पाँच दिनअघि नै उनलाई कोरोना पुष्टि भएको हो। ज्वरो आउने क्रम नरोकिएपछि उनलाई थप उपचारका लागि ह्याम्सअस्पताल भर्ना गरिएको हो। अस्पतालको कोभिड १९ आइसोलेसनमा रहेका नेता थापाको स्वास्थ्य अवस्थामा सुधार आइरहेको अस्पतालले बताएको छ।