अर्घाखाँचीमा बढ्दो कोरोनाको मध्यनजर गर्दै जिप्रकाले जारी गर्‍यो अत्यन्तै जरुरी सुचना (सुचना पत्र सहित )

बिश्वव्यापी महामारीको रुपमा फैलिएको (कोभिड – १९ ) अर्थात कोरोना भाइरसको संक्रमण अर्घाखाँची जिल्लामा पनि तिब्र रुपमा बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले अत्यन्तै जरुरि सुचना जारि गरेको छ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जारि गरेको सूचना पत्रमा उल्लेख गरिएका देहाय बमोजिम गर्नु /गराउनुहुन जिल्लावासीका लागी सूचना प्रकासित गरेको हो।
अर्घाखाँची जिल्ला पनि कोरोनाको उच्च जोखिममा रहेको छ ,शहर देखि समुदाय स्तरमा कोरोनाले सन्त्रास फैलाईरहेको अवस्था छ। आजको मिति सम्म अर्घाखाँची जिल्लामा कोरोना संक्रमित हुनेको कुल संख्या ४ सय ९१ पुगेको छ। ५ सय भन्दा धेरै शक्रिय संक्रमित हुने जिल्लाको सुचीको नजिकै पुगेको छ।
कोरोनाले जिल्लामा उग्र रुप लीइरहँदा बजार क्षेत्र र ग्रामिण क्षेत्रमा भौतिक दुरी कायम नगरि मुखमा मास्क नलगाई स्वास्थ्य र सुरक्षाका मापदण्डलाई कुनै प्रबाह नगरी भिडभाड गरेको देख्न सकिन्छ।
अर्घाखाँचीमा उच्च स्तरका नेता देखि स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र समुदाय स्तरमा दैनिकी जस्तो २ दर्जन भन्दा बढी कोरोना संक्रमित भेटिन थाले पछि जिल्लावासीले लकडाउन लगाउनु पर्छ ,शहरी र ग्रामिण क्षेत्रमा कडाइका साथ् मापदण्ड हरु तोकिनु पर्छ सम्बन्धित निकाय किन मौन छ भन्दै जिल्ला प्रशासन कार्यालयलाइ प्रश्न चिन्ह खडा गरेका थिए।यी सबै जिल्लावासीका गुनासाहरुलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले निम्न अनुसारका देहाय तोकेको छ :
१ ) अत्यावश्यक काम बाहेक आफु बसेको आवास /कार्य स्थल बाट अन्यत्र आवतजावत नगर्ने /नगराउने र निस्कनै परेमा
अनिवार्य रुपमा मास्क स्यानीटाईजर् प्रयोग गर्ने साबुन पानीले नियमित हात धुने
२ )सार्वजनीक सेवा प्रवाह गर्ने सबै कार्यालयहरु ,वित्तीय कारोबार गर्ने संस्थाहरु ,उधोग व्यापार। व्य्व्वासाय ,विकास निर्माण कार्यस्थलका संग्लन रहने ब्याक्तिहरुले अनिबार्य रुपमा मास्क र स्यानीटाईजर् प्रयोग गर्ने/गराउने।
३ ) यात्रुवाहक सवारी साधनले नेपाल सरकारले तोकेको कोभिड – १९ को प्रकोपको अबधिभर सार्वजनिक यातायात संचालन निर्देशिका २०७७ बमोजिम स्वास्थ्य र सुरक्षा मापदण्ड पालना गरि तोकिएको सिटमा मात्र यात्रुहरु ओसारपसार गर्ने।
४ )मालसामान ढुवानी गर्ने कुनै प्रकारको सवारी साधनहरुले चालक सह चालक बाहेक कुनै पनि यात्रुको ओसारपसार नगर्ने /नगराउने
५ )जेष्ठ नागरिकहरु। दिर्घरोगीहरु ,सुत्केरी गर्भवती मजिला बालबालिका र अशक्तहरुलाई अत्यावश्यक स्वास्थ्य प्रयोजनमा बाहेक घरमै रहन प्रोत्साहित गर्ने।
६ ) आदेश कार्यान्वयनका लागि खटिएका तथा विपदको समयमा खोज तथा उद्वार कार्यमा खटिने सुरक्षाकर्मी /स्वास्थ्यकर्मी स्वास्थ्य सम्बन्धी उच्च सतर्कता अपनाउने।
७ )बाहिरि जिल्ला एवं भारत लगायतका मुलुक बाट जिल्लामा आउने ब्याक्तिहरु स्थानीय तहहरु संग समन्वयमा अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्ने।
८ )कोभिड – १९ को परिक्षणका लागी स्वाब दिएका ब्याक्तिहरु अनिबार्य रुपमा आइसोलेशनमा र कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएका ब्याक्तिहरुसंग
घुलमिल तथा सम्पर्कमा आएका ब्याक्तिहरु अनिवार्य रुपमा क्वारेन्टाइन मा बस्ने।
यस सुचनाको बिपरितका क्रियाकलपहरु गरे /गराएको पाइएमा संक्रामक रोह ऐन ,२०२० बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation