हर्दौनामा शसस्त्र प्रहरीको बिओपी स्थापना

कपिलवस्तुको माहाराजगंज नगरपालिका वडा नम्बर १० हर्दौनामा शसस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) सञ्चालनमा आएको छ । शसस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण हेड क्वाटर कपिलवस्तु मातहत रहेको सो बिओपी बिगतमा द्धन्दका बेला बिस्थापितनमा परेको हर्दौना छोटी भंसार कार्यालयको भवनलाई मर्मत सम्भार गरि सञ्चालनमा ल्याईएको हो । नेपाल भारत तर्फ ९३ किलोमिटरको क्षेत्रफलमा खुल्ला सिमा रहेको कपिलवस्तुको हर्दौनामा छैठौ बिओपीका रुपमा हर्दौनामा बिओपी सञ्चालनमा आएको हो । हर्दौनामा आयोजित उदघाटन सत्रको समारोह बिच कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेल र शसस्त्र प्रहरी बल बिन्दबासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति शसस्त्र प्रहरी नायब महानिरिक्षक नारायणदत्त पौडेलले भवन परिसरको बोर्डको पर्दा अनावरण गरि बिओपीको उदघाटन गरेका थिए । बर्षाका बेला भेल र डुबानमा पर्ने बिपद क्षेत्रमा शसस्त्र प्रहरी बलको बिओपी स्थापनाले नागरिक खुसी भएको माहारजगंज नगरपालिका वडा नम्बर ८ का अध्यक्ष योगेन्द्र केसीले बताए । खुला सिमाका कारण नागरिकले भोग्दै आएको असुरक्षाको समस्या हराउने केसीले बिश्वास व्यक्त गरे । भारतबाट सामान्य बिउ, मल र घरायसी उपभोगका सामाग्री ल्याउने स्थानिय र कृषकलाई कडाई नगरिदिन वडा अध्यक्ष केसीले आग्रह गरे । हर्दौनाबासीले टापुको बसाई अनुभुती गर्दै आएको स्पष्ट पार्दै बिगतमा बिस्थापनमा परेको छोटी भंसारलाई पुर्नस्थापना गर्नका लागी आवश्यक पहल गरिदिन उनले स्थानिय प्रशासन सँग माग गरे । हर्दौनामा बिओपी स्थापना पछि सिमामा रहेका सिमास्तम्भको नियमित निगरानी, रेखदेख, अनुगमन तथा संरक्षण सगै चोरी पैठारी नियन्त्रण र नागरिकमा शान्ति सुरक्षा प्रवाहमा सहयोगी हुने शसस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण हेड क्वाटर कपिलवस्तुका शसस्त्र प्रहरी उपरिक्षक जनक पुरीले बताए । सरकारले प्रस्ताव गरे अनुरुप आवश्यक स्थानमा बिओपी थप गरिदै लगिने उपरिक्षक पुरीले स्पष्ट पारे ।


शसस्त्र प्रहरीलाई थप सुदृढ र सिमा सुरक्षा अभिबृद्धि गर्न बिओपी स्थापनाले सहयोग पुग्ने शसस्त्र प्रहरी बिन्दबासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति शसस्त्र प्रहरी नायब महानिरिक्षक नारायणदत्त पौडेलले बताए । नेपाल सरकारले १ सय १४ बिओपी थप गर्ने लक्ष्य राखे अनुरुप प्रस्तावित बिओपी स्थापना गर्न शसस्त्र प्रहरी मुख्यालय अघि बढेको उनले जनाए । बिओपी थप्ने निर्णयको कार्यान्वयनका गर्ने क्रममा प्रदेश ५ को ४ सय ८ किलोमिटरको सिमा क्षेत्रमा ३३ नयाँ बिओपी थप गर्ने प्रस्तावित रहेको उनले जनाए । सिमा सुरक्षा बलियो बनाउन बिओपी स्थापना भएको बताउदै नागरिकमैत्री कार्य सम्पादन गर्न उनले कार्यक्षेत्रका अधिकारीलाई निर्देशन दिए । स्थापित बिओपीबाट उद्धेश्य अनुरुपका कार्य सञ्चालन भई चोरी निकासी पैठारी नियन्त्रण सगै सिमामा हुने अपराधन नियन्त्रणमा सहयोग पुग्ने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बिश्वास व्यक्त गरे । कार्यक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुख र प्रतिनिधी, नागरिक अगुवा तथा सञ्चारकर्मीको सहभागीता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation