स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अर्घाखाँची अस्पताललाई ४ वटा भेन्टिलेटर र १० वटा आइसियु पठाइ सकिएको डा. जागेस्वर गौतमले कोरोना सम्बन्धि नियमित पत्रकार सम्मेलनको लाइभ मार्फत जानकारी दिनु भयेको छ।
बढ्दो कोरोनाको जोखिम र भेन्टिलेटर र आइसीयु नभएको कारण जिल्ला बाट बाहिर जानु पर्ने भएको जनगुनासो आएको कारणले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्घाखाँची अस्पताललाइ ४ वटा भेन्टिलेटर र १० वटा आइसियु पठाइसकेको जानकारी दिएको छ।
जिल्ला अस्पताल अर्घाखाँचीलाइ पठाईका ४ वटा भेन्टिलेटर र १० वटा आइसियु २ करोड मुल्य बराबरका रहेको डा. जागेस्वर गौतमले बताउनु भएको छ।