श्रमिक दिवसमा नसाजन्य पदार्थ बन्द गर्नुपर्ने महिलाहरुको माग

कपिलवस्तु , फागुन २५

मादकजन्य नसालु पदार्थको सेवनले श्रमिक महिला झन् पिडत बन्दै गइरेको हुनाले अब नसा जन्य पदार्थ बन्द गर्न जोडदारका साथ माग गरेका छन् । गाउँघरमा दिन भरि काम गर्ने साँझा विहान घरपरिवार तथा पुरुषहरुबाट विभिन्न किसिमका शारिरिक,मानसिक तथा यौनिक पिडा सहन बाध्य हुनु पर्ने भएको हुनाले यस्तो माग गरेका हुन् ।

समानताको पुस्ता, नगरौँ हिंसा,विभेद र असमानता नाराका साथ संचालन भएको ११०औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसकोे अवसरमा मधेस मानाव अधिकार गृह माहुरीहोमले आज आयोजना गरेको कार्यक्रममा महिलाहरुले यस्तो पिडा पोखेका हुन् । कार्यक्रमका प्रमुख अतिथि कपिलवस्तु नगरपालिका उप प्रमुख लक्ष्मी गुप्ताले महिला पुरुष विना यो संसार नचल्ने भएको हुनाले एकले अर्कालाई समान रुपमा हेर्नुपर्ने, महिलालाई माया, दया, लक्ष्मी, देवीको रुप जसरी दिइएको छ त्यसरी विद्रोही काली, दुर्गाको पनि रुप लिन पनि सक्नेछन् । त्यसकारण हरेक ठाउँमा, घरपरिवारमा महिला सम्मान हुनुपर्ने , महिलाको श्रमको कदर गर्नु पर्ने बताउनु भयो । माहुरी होमका महासचिव माया ज्ञावालीले यो २१औँ शताब्दीमा पनि महिलालाई सजावटको रुपमा लिने, सधै दबाएर राख्ने, कुट्ने, पर्दा भित्रा राखेर शोषण भइरहेको हुनाले यस्ता भाइरसहरुलाई अनत्य गर्न सबै एक जुट हुनु पर्ने, विभिन्न किसिमको हिंसा सहना नसकि आत्माहत्या गर्नुपर्ने अवस्था समेत भएको हुनाले यस्ता समस्या रोक्न तर्फ लाग्नुपर्ने बताउनु भयो । त्यस्तै संचारी समुह कपिलवस्तुका जिल्ला अध्यक्ष तथा रेडियो कपिलवस्तुका स्टेशन म्यानेजार सोना खटिक हरेक महिलाले नेपालको संविधानमा उल्लेख भएका कुराहरुको बारेमा जानकारी लिनुपर्ने र स्थानिय तहले यसको बारेमा जानकारी गराउन आवश्यक रहेको कुरामा जोड दिदै, रेडियो एफ स्टेशनहरु पनि सुन्नुपर्ने र परिवर्तन आफैबाट सुरुवाट गर्नु पर्ने बताउनु भयो ।

110_women_leburday_1

सहज परियोजना अन्तरगत युके एडको आर्थिक सहयोग तथा भि.एस.ओ, एर्लट इन्टरनेश्नल संयोजन तथा माहुरी होमको आयोजनामा संचालन भएको  कार्यक्रमको संचालन माहुरी होमका कार्यकारी निर्देशक लक्ष्मी श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा समाजसेवी, अधिकारकर्मी, मनाव अधिकारकर्मी , पत्रकार लगायतको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation