बाणगंगा नदी किनारमा भेटीएका मुर्ति छड र सिमेन्टका : अध्यक्ष अधिकारी

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका भित्र केहि दिन यता मुर्ति चासोको विषय बनेको छ ।

मुर्ति बारे नेपाल सरकारका पुर्व सचिव भिम उपाध्यायले समेत मुर्तिको बिषय सामाजिक संजाल माफ्त आफ्नो प्रतिक्रिया राखेका थिए । यसै बिच वाणगंगा नगरपालिका वडा नम्बर १ की वडा अध्यक्ष बाल कुमारी अधिकारीको नेतृत्वमा गएको टोलीले उक्त मुर्तिहरु छड र सिमेन्ट प्रयोग गरेर बनाइएको अधिकारीले जानकारी दिनुभएको छ । मुर्ति भने २० बर्ष पुरानो रहेको स्थानियहरुको भनाई रहेको छ ।

बुद्ध भगवानको आकार रहेका ति ३ मुर्ति मनकामना सामुदायिक बन भित्र रहेका छन । केहि दिन पहिले नहरमा काम गर्दै गर्दा कामदारले मुर्ति देखेको भनेपनि स्थानियले भने पहिलेबाटनै मुर्ति रहेको बताएका छन् । जोगीले ध्यान गर्न आउदा ति मुर्तिहरु बनाएको हुन सक्ने अनुमान स्थानियले गरेका हुन । ति मुर्ति संरक्षण र वास्तविकता बुझन आफुले सम्बन्धित निकायसगं पहल गरेको वडा अध्यक्षको भनाई रहेको छ । कुरा नबुझि सामाजिक संजालमा १००–२०० वर्ष पहिलेका मुर्ति हुन् भनेर भ्रम फैलाउने काम नगर्ने समेत वडाध्यक्ष अधिकारीले अनुरोध गरेकी छिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation