रुसमा एकैदिन झण्डै अठार हजार संक्रमित

रुसमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्यामा बृद्धि हुदै गइरहेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा रुसमा १७ हजार ७१७ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । यसअघि रुसमा एकैदिन १६ हजार २०२ जना संक्रमित भएका थिए । 
रुसमा बिहीबारसम्म कुल संक्रमितको संख्या १५ लाख ८१ हजार ६९३ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । यसअघि गत अक्टोबर २६ का दिन १७ हजार ३४७ जना संक्रमित भएका थिए । 
अधिकारीहरुले पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु भएकाको संख्या भने ३६६ रहेको जनाएका छन् । अघिल्लो दिन भने ३४६ जनाको मृत्यु भएको थियो । रुसमा अहिलेसम्म कोरोनाका कारण २७ हजार ३०१ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation