तौलिहवा— मुस्लिम धर्मालम्वीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको पुर्व सन्ध्यामा दिप प्रज्वलन गरेका छन । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा जिल्ला प्रशासन कार्यालय अगाडी दिप प्रज्वलन गरेका हुन । विगतका बर्षहरुमा जस्तै धुमधाम कार्यक्रमका साथ सहित ‘मोहम्मद डे’ मनाउने ईस्लाम धर्मावलम्वीहरुले यस कोभिड १९ का कारण प्रतिकुल अवस्था भएकोले ‘मोहम्मद डे’ को पूर्व सन्ध्यामा दिप प्रज्वलन गरिएको मोहम्मद मुस्तफाले बताए ।
भोली घर घर र मस्जित भौत्तिक दुरी कायम गरेर मोहम्मद डे मनाईने अर्का मुस्लिम अगुवा युवा जिहाउल हकले बताए । बिगतका बर्षहरुमा मोहम्मद डे को दिन कपिलवस्तुको तौलिहवा भडेहर, बिजगौरी, कृष्णनगर चन्द्रौटा लगायतको स्थानमा रहेका मस्जिदहरुबाट व्यानर सहित र्याली निस्किन्थ्यो । इस्लामी पात्रो हिजरी सम्वतको रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट हजरत मोहम्मदको जन्म भएको दिनको सम्झनामा जन्म जयन्ती मनाउने गरिन्छ । उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिएको मुस्लिम समुदायका अगुवाहरु बताउँछन ।