कपिलवस्तुको बाणगंगा नगरपालिका– १० स्थिति पटनाको ढेकही भन्ने स्थानबाट ५५ किलो बँदेलको मासुसहित ३ जना पक्राउ परेका छन । बदेललाई काटेर दुई मोटरसाईलमा २ बोरामा राखेर बिक्रीकालागि लैजाने क्रममा प्रहरीले उनीहरुलाई प्रकाउ गरिएको हो । प्रकाउ परेकाहरुमा सुद्धोदन गाउपालिकाको हरनामपुरका हरि प्रसाद थारु र श्रवण कुमार चौधरी तथा बाणगंगा नगरपालिका– ११ का छठीराम पासी रहेको जिल्ला वन कार्यालयका सुचना अधिकारी मदनमोहन स्यान्डील्यले बताए ।
सुराकीका अधारमा प्रहरीले लु ३९ प ३४३० र युपी ५५ एबी २०२७ नम्बरको मोटरसाईलमा बदेलको मासु सहीत उनीहरुलाई पक्रर डिभिजन वन कार्यालय पिपरा पठाएको थियो । पक्राउ परेकाहरुले आफुहरुले सो बदेल भारतीय ब्यापारीबाट चाकरचौडामा ७ हजार भारतीय रुपैयामा किनेर ल्याएको दाबी गरे ।
प्रकाउ परेकाहरुमाथी बन्यजन्तु ऐन अनुसार कारबाही प्रकृया अघि बढाईएको स्यान्डील्यले बताए । अदालतबाट कसुर ठहर भए ६ महिना कैद र २० हजार जरिवाना लाग्ने कानुनी प्रावधान छ । बरामद गरिएको मासुलाई स्थानीयबासी र पत्रकारको रोहोवरमा डिभिजन वन कार्यालयमा गाडेर नष्ट गरिएको छ ।