नेकपा कपिलवस्तुको शुभकामना तथा चियापान कार्यक्रम स्थगित

नेकपा कपिलवस्तुले आयोजना गर्ने शुभकामना तथा चियापान कार्यक्रम यस वर्ष नहुने भएको छ । विगतका वर्षहरुमा विजया दशमी, दिपावली एवम् छट पर्वको अवसरमा जिल्ला पार्टीद्धारा आयोजना हुने शुभकामना तथा चियापान कार्यक्रम कोभिड १९ का कारण यस वर्ष नगरिएको नेकपा कपिलवस्तुका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले बताउनु भयो ।
नेकपाका नगर, गाउँपालिका, एवम् वार्ड स्तरमा समेत सामुहिक रुपमा आयोजना हुने शुभकामना तथा चियापान कार्यक्रम यस वर्षका लागि स्थगित गरिएको नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले बताउनु भयो ।
त्यस्तै नेकपाका जिल्ला सचिव रामचन्द्र शाह (विष्णु) ले कोभिड १९ को नियन्त्रणका निम्ति अहोरात्र हटनुहुेन सबैप्रति धन्यवाद ज्ञापन गर्दै सबै पार्टी कार्यकर्ता एवम् समैमा आफु पनि बच्न र अरुलाई पनि बचाउने कार्यमा लाग्न आग्रह गर्नु भएको नेकपा जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation