सन्धिखर्कको माटे नजिकै मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीका वडा नम्बर – १० बिहार र माटेको बिचको सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परेको छ।
दुर्घटना पर्नेमा लु २५ प. १२०६ नम्बरको मोटरसाइकल रहेको छ। मोटरसाइकल सडकखण्ड देखि करिब १५/ २० मिटर तल खोलामा झरेको छ।
दुर्घटनामा मोटरसाइकल चालक सहित २ जना सामान्य घाइते भएका छन्। तिब्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुन् पुगेको प्रहरी श्रोतले जनाएको छ।
घटनाको थप जानकारी आउँन बाँकी रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation