तिनाउ नदिमा मोटरसाईकलसहित २ जना खसे

सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल तानसेन सडक खण्ड अन्तरगत सिद्धबावा नजिकैबाट तिनाउ नदिमा मोटरसाईकल खसेको छ । केहिबेर अघि भएको उक्त दुर्घटनामा मोटरसाईकलमा सवार २ जनाको अवस्था अज्ञात छ ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार करिब ७:२० बजेको आसपासमा तिनाउ नदिमा मोटरसाईकल खसेको भन्ने सुचनाका आधारमा प्रहरीले घटनास्थलमा खोजी गरेको र नदि किनारमा जान नसकिएको कारण बिस्तृत बिवरण आउन नसकेको बताएको छ ।
तिनाउ नदिमा मोटरसाईकल र त्यसमा सवार २ जना खसेको सुचना पाएका छौ रातिको समय भएकोे र अप्ठ्यारोमा खसेकोले उद्धारका लागि नदिमा पुग्न सकिएको छैन उद्दारको प्रयास भईरहेको छ ट्राफिक प्रहरीका सुचना अधिकारी डिल्ली नारायण पाण्डेले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation